१० कच्चा पदार्थ पहिचान

काठमाडौं। काभ्रेको पाँचखालमा बन्ने पहिलो ‘महिला उद्यमी हरित औद्योगिक पार्क’मा उद्योग स्थापनाका लागि आवश्यक कच्चा पदार्थको पहिचान भएको छ । पाँचखाल नगरपालिकाको १०० रोपनी जग्गामा स्थापना हुने उक्त पार्कका लागि १० ओटा कच्चा पदार्थ पहिचान भई हाल अनुसन्धानको क्रममा रहेका छन् ।  २५ स्टार्टअप र २५ लघु उद्यमीका ५० साना उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ अनुसन्धानमा नेशनल इन्स्टिच्युट अफ फुड टेक्नोलोजी आन्त्रप्रेनरशीप एन्ड म्यानेजमेन्ट र भारतको परराष्ट्र मन्त्रालयको सहयोग छ । यी संस्थाको सहयोगमा जडीबुटीमा तितेपाती–सिस्नो–नीम, मसलाअन्तर्गत अलैंची–टिमुर–अदुवा, आलु, लप्सी, बेसार, मह, कोदो–बाजरा–चिनो, मौसमअनुसारका तरकारी–फलफूल, प्रोबायोटिक पेय पदार्थ सुन्तला–जुनार–आरू–आलुबखडा र डेरी उत्पादनको अनुसन्धान जारी छ । महिला उद्यमी हरित औद्योगिक पार्क समिति सभापति शारदा रिजालले जडीबुटी, लप्सी, आलु, खाद्य प्रशोधन तथा प्राकृतिक फाइबर र दुग्ध उत्पादन प्राथमिकतामा परेका उद्योग भएको बताइन् । यो पार्कमा तीनओटा क्षेत्र हुनेछन् । सेवा क्षेत्रमा इको पर्यटन हुनेछ । सेवा क्षेत्रमा विभिन्न जातीय संस्कृति/शिल्पको प्रत्यक्ष शीप प्रदर्शन, स्थानीय खाना प्रदर्शनी पनि हुनेछ ।  उत्पादन क्षेत्रमा स्थानीय कच्चा पदार्थ/कृषि खाद्य क्षेत्रसम्बन्धी उद्योग, स्टार्टअप र लघु उद्यमी हुनेछन् । आईटी विभागअन्तर्गत एक भर्चुअल बजार हुनेछ । स्थानीय उत्पादक र कृषकले हरित औद्योगिक पार्कभित्र महिला उद्यमीसँग प्रत्यक्ष कारोबार गर्न सक्ने उनको भनाइ छ । कृषिमा आधारित उत्पादनहरू र हरित प्रविधिमा ७० जना महिला उद्यमीको विशेषज्ञता र ज्ञान बढाउन पनि भारतको उक्त संस्थाले सघाउनेछ । यो पार्क सफल रूपमा सञ्चालन हुँदा काभ्रेका साथै अन्य ६ ओटा प्रदेशमा हरित औद्योगिक पार्क विस्तार गर्न सघाउ पुग्ने अपेक्षा राखिएको रिजालको भनाइ छ । परियोजनाले हरित अर्थतन्त्रलाई प्रवर्द्धन, व्यावसायिक उत्पादनहरूमा नवीन विचार, प्रविधि र शीप अनुवाद गर्न मद्दत गर्ने पनि अपेक्षा गरिएको छ । त्यहाँ प्रत्यक्ष ५०० देखि १ हजारसम्म र अप्रत्यक्ष रूपमा २ हजारदेखि ३ हजारले रोजगारी पाउने उनले बताइन् । उक्त परियोजनाले महिला उद्यमशील इकोसिस्टमको विकास गर्न पार्कमा कम लागतमा व्यापार गर्ने अवसरसहितको एकीकृत पूर्वाधार र सेवा उपलब्ध गराउने उल्लेख गरिएको छ । उत्पादन क्षेत्रमा स्थानीय कच्चा पदार्थ र खाद्य क्षेत्रसम्बन्धी उद्योग स्थापना हुनेछ । यसमा स्टार्टअप र लघु उद्यमी रहनेछन् । आईटीअन्तर्गत भर्चुअल बजार हुनेछ । अर्थमन्त्रीले गरे सहयोगको प्रतिबद्धता अर्थमन्त्री डा. प्रकाशशरण महतले पाँचखालमा बन्ने पहिलो ‘महिला उद्यमी हरित औद्योगिक पार्क’ परियोजनालाई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । दक्षिण एशियाली महिला विकास मञ्चले शुक्रवार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा अर्थमन्त्री महतले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । मुलुकका अन्य भागमा पनि यस्तै परियोजना विस्तार गरिने अर्थमन्त्री महतले बताए । ‘बेरोजगारी समस्या र युवा पलायन रोक्न महिला उद्यमशीलता र हरित अर्थतन्त्रलाई प्राथमिकता दिइनेछ,’ उनले भने । बागमती प्रदेशका सांसद तथा दक्षिण एशियाली महिला विकास मञ्चका वरिष्ठ उपाध्यक्ष याङ्किला शेर्पाले हरित औद्योगिक पार्कमार्फत पर्यावरण पर्यटन प्रवर्द्धन गर्न सकिने धारणा राखिन् । यस्तै दक्षिण एशियाली महिला विकास मञ्चका अध्यक्ष प्रमिला आचार्य रिजालले सबै महिला सांसदलाई एकजुट भएर महिलाका मुद्दाका लागि काम गर्न आग्रह गरिन् । उनले ‘महिला उद्यमी हरित औद्योगिक पार्क ऐन’को विषय सदनमा उठाउन पनि सहभागी सांसदलाई आग्रह गरिन् । यस्तो ऐन बन्दा अन्य ६ प्रदेशमा यस्तै पार्क स्थापनामा सहयोग पुग्ने उनको भनाइ छ । यो पार्क सार्वजनिक–निजी साझेदारीमा बन्दै छ । 

सम्बन्धित सामग्री

उद्योगलाई कच्चा पदार्थ अभाव

धनगढी– प्लान्ट क्वारेन्टिन बन्द भएपछि कच्चा पदार्थ ल्याउन नपाउँदा उद्योगहरू बन्द हुने अवस्थामा पुगेको कैलाली उद्योग वाणिज्य संघले जनाएको छ । संघले भारतीय कच्चा पदार्थको भरमा चलेका दाना उद्योग, खाद्यान्न उद्योगहरू बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताए । साउन २८ देखि कुनै पनि कृषि उत्पादन आयात गर्न नपाइएको संघले जनाएको छ । धनगढीमा दाना उद्योग र […]

‘स्टिल उद्योगलाई स्वदेशी कच्चा पदार्थ पर्याप्त’

२ अर्ब ५० करोड रुपैयाँ लगानीमा स्थापना भएको स्वस्तिक रोलिङ्ग मिल पूर्ण रुपमा संचालन गर्ने तयारी गरिरहेको छ । हाल कूल क्षमताको ६० प्रतिशत उत्पादन गरिरहेको स्वस्तिक रोलिङ मिलले कच्चा पदार्थ (स्पन्ज)मा आधारित ५०० मेट्रिक टन क्षमताको मिल सञ्चालनमा ल्याएको हो ।सुनसरीको दुहवी नगरपालिका–१ मा स्थापना भएको उक्त मिलले कच्चा पदार्थमा आधारित उद्योगबाट बजरंग ब्राण्डको उत्पादन बजारमा पठाउन थालिसकेको छ । मिलले ७० प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर टिएमटी छड, बिलेट, एङ्गल, च्यानल र आई बिमको उत्पादन

देशभित्रै औद्योगिक कच्चा पदार्थ उत्पादन गरौं: राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले दीगो औद्योगिकरणका लागि उद्योगलाई चाहिने कच्चा पदार्थ देश भित्रै उत्पादन गर्नुपर्ने बताएकी छिन्।...

मदिरा बनाउन प्रयोग हुने एक हजार लिटर कच्चा पदार्थ  नष्ट

काठमाडौं : जिल्ला प्रहरी कार्यालय बाराले मदिरा बनाउन प्रयोग हुने एक हजार लिटर कच्चा पदार्थ  नष्ट गरेको छ।जितपुरसिमरा उपमहानगरपालिका २१ अमलेखगञ्जस्थित गुरुङ टोल र गुम्बा टोलका १० घरबाट अवैध मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नियन्त्रणमा लिएको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।उनका अनुसार नियन्त्रणमा लिएको १ हजार लिटर कच्चा पदार्थ वडाध्यक्ष र स्थानीयको उपस्थितिमा नष्ट गरिएकाे हो।

उद्योगलाई नै आवश्यक कच्चा पदार्थ आयात गर्न दिइने

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले सुपारी आयातलाई व्यवस्थित गर्न सरकारले कच्चा पदार्थ आवश्यक उद्योगलाई नै आयात गर्न दिने नीति लिएको बताएका छन्। संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरोकारवालासँग गरिएको छलफलमा उद्योगमन्त्री बडुले केही व्यापारीलाई सुपारी आयातमा अनुमति दिँदा समस्या आएकाले आयातलाई व्यवस्थित गर्न सरकारले […]

कच्चा पदार्थ र मेसिनरी आयातलाई छुट्टै व्यवस्था गर्न परिसंघकाे आग्रह

नेपाल उद्योग परिसंघले आयातमा गर्न लागेको कडाइलाई लक्षित गर्दै औद्योगिक कच्चा पदार्थ तथा मेसिनरीहरूको आयातका लागि छुट्टै व्यवस्था गर्न आग्रह गरेको छ । विदेशबाट संस्थागत ऋण लिन चाहेमा वाणिज्य बैंकहरूले बैंक...

प्लास्टिक झोलाको कच्चा पदार्थ आयातमा कडाइ गरिँदै

सरकारले प्लास्टिकका झोलाको कच्चा पदार्थ आयातमा कडाइ गर्ने तयारी गरेको छ । वातावरणीय प्रदूषण न्यूनीकरण गर्नका लागि प्लास्टिकको झोलामा प्रतिबन्ध लगाएसँगै कच्चा पदार्थ आयातमा पनि कडाइ गरिने भएको हो ।देश बाहिर उत्पादन भएका ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोलाको आयातमा सरकारले रोक लगाइसकेको छ । वातावरण विभागका अनुसार विभिन्न स्थानबाट आयात हुने प्लास्टिकका झोलाहरुको कच्चा पदार्थ […]

अमेरिकाले भारतलाई पठायो भ्याक्सिनको कच्चा पदार्थ

एजेन्सी। अमेरिकाले भारतलाई दुई करोड भ्याक्सिनको कच्चा पदार्थ पठाएको छ। अमेरिकाले दिएको कच्चा पदार्थ यही हप्ता भारत आइपुगेको छ। भारतमा उत्पादन भइरहेको एस्ट्रेजेनेकाको कोभिसिल्ड खोपको कच्चा पदार्थ अमेरिकाबाट ल्याउनुपर्छ। भारतले मागेअनुसार खोपको कच्चा पदार्थ पाइरहेको छैन।

कोभिसिल्ड भ्याक्सिन उत्पादनका लागि अमेरिकाले कच्चा पदार्थ आपूर्ति गर्ने

काठमाण्डाै - कोरोना विरुद्धको कोभिसिल्ड भ्याक्सिन उत्पादनका लागि अमेरिकाले कच्चा पदार्थ आपूर्तिमा सहयोग गर्ने भएको छ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले ट्वीट गर्दै महामारीको सुरुमा भारतले अमेरिकालाई आवश्यक सहयोग गरेकाले अहिले आफूहरुले सहयोग गर्न चाहेको र भ्याक्सिन उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आपूर्तिमा सहयाेग गर्ने जानकारी दिनुभयो । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवन र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच भारतमा कोरोना सङ्क्रमणदर बढ्दो क्रममा रहेकाबारे फोनमा कुराकानी भएलगत्तै राष्ट्रपति ब...

अमेरिकाले भ्याक्सिनको कच्चा पदार्थ नपठाएपछि भारत सशंकित

काठमाडौं। भ्याक्सिन उत्पादन बढाउन भारतले मागेको कच्चा पदार्थ दिन अमेरिकाले आलटाल गर्दै आएको छ। अमेरिकाका महामारी विशेषज्ञ डा. एन्थोनी फाउची यसबारे ‘माफ गर्नुस्, पछि कुरा गरौंला’भन्दै पन्छिएका छन्।पछिल्लो समय भारत–अमेरिका सम्बन्ध मजबुत भएको अनुमान गरिएको थियो। तर, कोरोना महामारीसँग जुधिरहेको भारतलाई भ्याक्सिन निर्माणमा आवश्यक कच्चा पदार्थ उपलब्ध नगराएपछि दुई देशबीचको सम्बन्धमै पुनर्विचार गरिनुपर्ने अवस्था आएको विश्लेषकहरु बताउँछन्।