सरुवा रोगको प्रकोप

नेपालगञ्जमा पुस १२ देखि फैलिएको दादुराबाट २६५ जना प्रभावित भएका छन् । सरकारले दादुराविरुद्धको खोप कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी नहुँदा दादुरा फैलिएको हो । यद्यपि खोप लगाएका एकाध व्यक्तिमा संक्रमण देखिन नसक्ने भने होइन । प्रकोपले नेपालको समग्र स्वास्थ्यसेवाको अवस्था राम्रो नरहेको तथ्यलाई उजागर गरेको छ । नागरिकलाई रोग लाग्न नदिन सरकारले संक्रामक रोगहरूका विरुद्ध खोप कार्यक्रम सञ्चालन गरेको छ । विपन्न अवस्थाका नागरिकहरू औषधोपचारका अभावमा मृत्युको शिकार हुन नपरोस् भनेर कतिपय औषधि सरकारले निःशुल्क वितरण गर्ने गरेको छ । तर, सिटामल खान नपाएर समेत नागरिकले ज्यान गुमाउनु परिरहेका समाचारहरू पत्रपत्रिकामा आइरहन्छन् । निःशुल्क दिने भनिएका औषधिहरू बजारमा किन्नु परिरहेको अवस्था एकातिर छ भने अर्कातिर वितरणका लागि किनिएका औषधि समयमै वितरण हुन नसक्दा डेट एक्स्पायर भएको पनि पाइन्छ । यसले नेपालको स्वास्थ्यस्थितिको बेथितिलाई उजागर गर्छ । कतै डाक्टरको दरबन्दी नहुने, कतै दरबन्दी भएका ठाउँमा डाक्टर नजाने, डाक्टर भए पनि औषधि नहुने, सरकारले समयमा औषधि नपठाउने, पठाएका औषधि निजी औषधि पसलमा विक्री हुनेजस्ता समस्या आइरहेका देखिन्छन् । सरकारले दिने स्वास्थ्य सेवामा यस्तो लापर्बाही निकै पाइन्छ । पुरस्कार र दण्डको व्यवस्था नहुनु तथा जिम्मेवारी र उत्तरदायित्वको बोध नहुनु समस्याका कारण हुन् । नागरिकको स्वास्थ्यस्थितिबारे सरकार संवेदनशील हुनैपर्छ । त्यसमा पनि महामारीका रूपमा फैलने रोगको रोकथाम, उपचार आदिको जिम्मा सरकारकै हुन्छ । तर, नेपालगञ्जमा दादुरा फैलनुमा प्रभावकारी रूपमा खोप कार्यक्रम सञ्चालन हुन नसक्नु नै कारण देखिन्छ । उचित मात्रामा खोप लगाउने हो भने दादुरा हुने सम्भावना ज्यादै कम हुन्छ । सरकारले सन् २०२३ भित्र दादुरा र रुबेला निवारणको लक्ष्य लिए पनि वर्षको शुरूमा नै दादुराको प्रकोप देखिएकाले सरकारी लक्ष्यमाथि प्रश्न चिह्न उठेको छ । त्यसैले सरकारले आफूले दिने जुनसुकै सेवालाई प्रभावकारी बनाउन सक्नुपर्छ । दादुरा मात्र नभई नेपालमा झाडापखालाबाटै पनि सर्वसाधारणको मृत्यु हुने गरेको पाइन्छ । हरेक वर्ष कुनै न कुनै सरुवा रोग फैलिने गरेकाले सरकारको रोकथाम संयन्त्र बलियो र प्रभावकारी हुन आवश्यक छ ।

सम्बन्धित सामग्री

दोलखाको वैतेश्वरमा सिंदुरे रोगको प्रकोप

दोलखा- यस पटकको हिउँदमा पर्याप्त पानी नपर्दा दोलखाका किसानले लगाएको गहुँ बालीमा पहेँलो सिंदुरे रोगको प्रकोप देखिएको छ । पर्याप्त हिउँदे वर्षा नहुँदा किसानले लगाएको गहुँ बालीमा सिंदुरे रोगको प्रकोप फैलिएको पाइएको हो । मुख्यगरी जिल्लाको वैतेश्वर गाउँपालिकाको वडा नम्बर-१ को गोपी बेँसी, वडा नम्बर-३ को मजुवा दोभाने बेँसी, निम्कोट बेँसीमा धेरै मात्रा सिंदुरे प्रकोप देखिएको […]

धानमा रोगको प्रकोप, किसान चिन्तित

गौर : रौतहटमा किसानले लगाएका धानखेतीमा गबारो, पातबेरुवा र ब्लास्ट रोगको प्रकोप देखिएको छ। गबारोको प्रकोपले धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन्। रोगको प्रकोप देखिएपछि यो वर्ष धान उत्पादनमा कमी आउन सक्ने कृषि ज्ञानकेन्द्र रौतहटले जनाएको छ।रौतहटमा ९८ प्रतिशत किसानले व्यावसायिक रूपमा धानबालीखेती गर्दै आएका छन्। रौतहटमा रोगले व्यापक क्षति गरेकाले यो वर्ष धान उत्पादनमा कमी आउन सक्ने कृषकहरूको भनाइ छ।अन्य वर्षभन्दा यो वर्ष छिटै मनसुन सक्रिय भई पानी परेकाले किसानले सुरुमा गोडमेल गरेको धानमा

प्यूठानमा धान रोपोको एक महिनामा रोगको प्रकोप

राजेश जिसी प्यूठान । प्यूठानका किसानहरुले रोपाइँ सकेको एक महिना नहुँदै धानमा रोगको प्रकोप देखिएको छ । प्युठानकै अन्न भण्डारको रुपमा चिनिएको झिमरुक फाँटमा लगाएको धान बालीमा रोगको प्रकोप देखिएको हो । धानमा रोगको प्रकोप देखिएपछि किसान चिन्तीत भएका छन् । प्यूठान नगरपालिका ९ का लक्ष्मण केसीले ५ रोपनी क्षेत्रफलमा धान खेती गरेका छन् तर, […]

गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप बढ्दो

लेखनाथ– कास्कीका गाउँ तथा सहरी क्षेत्रमा गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप देखापरेको छ । घरपालुवा पशुचौपायामा देखिने विषाणुजन्य ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट गाईभैँसी मर्न थालेका छन् ।  गाईबस्तु मर्न थालेपछि किसान चिन्तित बनेका छन् । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कास्कीका पशु चिकित्सक भरत रेग्मीका अनुसार कास्कीको पूर्वी भेगमा यो रोगको प्रकोप बढी देखिएको […]

म्याग्दीको धानबालीमा रोगको प्रकोप

म्याग्दी । म्याग्दीमा धान बालीमा गवारो, पतेरो र पात बेरुवा रोगको प्रकोप देखापरेको छ । बेनी नगरपालिकाको बगरफाँट, रत्नेचौर, फापरखेत, सिंगा, डाँडाखेत तथा मालिका तथा मंगला गाउँपालिकाका अधिकांश क्षेत्रको धान बालीमा रोग लागेको हो । धान बालीमा हल्का खैरो रङका पुतली जस्तो कीरा लागेको र धानको पात सुक्दै गएको किसानहरुले बताएका छन् । धानमा कीराको […]

बारा, पर्साको उखुमा रेड रोट रोगको प्रकोप

१ असार, कलैया । बारा, पर्सा र आसपासका जिल्लामा लगाएको उखु खेतिमा रेड रोट (लाल सडन ) रोगको प्रकोप देखिएको छ रिलायन्स सुगर एन्ड केमिकल ईन्डस्ट्रिज प्रालि श्रीपुरका महाप्रबन्धक अरुण श्रीवास्तवका अनुसार भेराइटी जातको उखुमा यो रोगको प्रकोप धेरै देखिएको छ । उखुको भित्र रातो हुने रोग नै रेड रोट हो ।  भेराइटी उखुको लागि […]

खोरेत रोगको प्रकोप, एकै गाउँमा २० पशु मरे

बैतडीको पाटन नगरपालिकामा खोरेत रोगको प्रकोप देखिएको छ । नगरपालिका–५ वसन्तपुरका किसानहरुले पालेका गाई, गोरु, भैँसी, बाख्रालगायतका पशुहरूमा खोरेत रोगको प्रकोप देखिएको हो । खोरेत रोगबाट धमाधम पशुहरू मर्ने गरेका छन् । पछिल्लो दुई हप्ताको अवधिमा यहाँ २० वटा पशु मरेको  र २५० भन्दा बढी पशुमा सङ्क्रमण देखिएको पाटन नगरपालिकाका उपप्रमुख कमल बोहराले बताए । नगरपालिकाका पशु प्राविधिकसहितको टोली पाटन–५ का टोलहरूमा खटिएका छन् । तीन सय खोपसहित तीनजना पशु सेवा प्राविधिकहरूलाई गाउँमा खट

धानवालीमा रोगको प्रकोप

म्याग्दी । म्याग्दीका विभिन्न स्थानका लगाइएको धान बालीमा रोगको प्रकोप देखिएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको विभिन्न स्थानमा लगाईएको धानमा गवारो, पतेरो र पात बेरुवा रोगको प्रकोप देखिएको हो । त्यस्तै, धान बालीमा हल्का खैरो रङका पुतलीजस्तो कीरा लागेको र धानको पात सुकाइदिएको किसानले गुनासो गरेका छन् । कीराको काराण धान बढ्न नसक्ने […]

धानबालीमा गवारो रोगको प्रकोप, किसान चिन्तित

पर्सामा किसानले लगाएका धानखेतीमा गवारो र पातबेरुवा रोगको प्रकोप देखिएको छ। गवारो कीराको प्रकोपले धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन् । यी रोगको प्रकोप देखिएपछि यस वर्ष धान...

केरामा डढुवा र गबारो रोगको प्रकोप

म्याग्दी : म्याग्दीमा व्यावसायिक रुपमा लगाइएको केरा खेतीमा रोगको प्रकोप देखिन थालेको छ। बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरा, बगरफाँट, मंगला र मालिका गाउँपालिकाको विभिन्न स्थानमा खेती गरिएको केरामा डढुवा, गबारो र खपटे घुन नामक रोगको प्रकोप देखिएको हो।केरामा रोगको प्रकोप देखिएपछि कृषकहरु चिन्तित भएका छन्। खबरा गाउँमा खपटे घुनले केराका बोट सुक्न थालेका छन्। करिब १५ रोपनीको जग्गामा व्यावसायिक केरा खेती गरेका खबराका राजकुमार घिमिरेले रोगको प्रकोप देखिएपछि समस्या भएको बताए। उनले डढुवा, गबारो