यतिबेला नेपाली मुद्राको तुलनामा अमेरिकी डलर दिनदिनै बलियो बन्दै गइरहेको छ । एक अमेरिकी डलरको सटहीदर नै यतिबेला १२४.३८ रुपैयाँ पुगिसकेको छ । जबकि, आजभन्दा ६ महिना अघिसम्म यसको सटहीदर ११९ रुपैयाँ आसपास थियो । यद्यपि, यतिबेला नेपाली मुद्रा मात्र नभई विश्वभरका मुद्रा डलरको तुलनामा निरन्तर कमजोर बनिरहेका छन् ।तर, यतिबेला अमेरिकी डलर बलियो मात्रै बनिरहेको छैन अमेरिकामा बैंकको ब्याजदर बढ्नु समेत नेपालजस्ता विश्वका धेरै विकासशील राष्ट्रको अर्थतन्त्रका लागि खतराको घण्टी हो । यद्यपि, अहिले विश्व अर्थतन्त्