रूरू हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक, ५ कम्पनीको सर्किट लेभलमा कारोबार

साताको पहिलो दिन आइतवार विभिन्न ६ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ ।  समाचार तयार पार्दासम्म रुरु जलविद्युत आयोजनाको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।  यस कम्पनीको शेयर मूल्य ८० रुपैयाँले बढ्दै ८ सय ८० रुपैयाँ पुगेको छ । यस्तै शिखर इन्स्युरेन्स कम्पनी, समता घरेलु लघुवित्त, प्रोगेसिभ फाइनान्स लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक र बरुण हाइड्रपावरको  शेयर मूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीहरूको शेयर सर्किट लेभलमा कारोबार भइरहेको नेप्सेले जनाएको छ । समाचार तयार पार्दासम्म नेप्से पर...

सम्बन्धित सामग्री

३ पटक सर्किट ब्रेकपछि आजको शेयर कारोबार स्थगित

काठमाडौं । ३ पटक सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार नै स्थगित भएको छ । सत्ता गठबन्धन फेरिएको संकेत सोमवार (आज) शेयर बजारमा देखिएको हो ।  आज कारोबार शुरु भएको ३ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसको २० मिनेटपछि खुलेको कारोबारमा फेरि थप १ प्रतिशत विन्दु अर्थात् ९८ अंक बढेपछि दोस्रो सर्किट लागेको थियो । दोस्रो सर्किट ब्रेकपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको थियो । त्यसपछि १२ः०४ बजे खुलेको बजारमा बजारमा तेस्रो सर्किट ब्रेक लागेको थियो ।   समग्रमा आज नेप्से परिसूचक ६ प्रतिशत अर्थात् ११७ अंक बढेको छ । यससँगै नेप्से परिसूचक २०७८ विन्दु कायम भएको छ ।  आज पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन दुई सय ३७ कम्पनीको नौ लाख ३४ हजार नौ सय १९ कित्ता शेयर रु ३७ करोड ५२ लाख नौ हजार नौ सय ७८ मूल्यमा कारोबार भएका छन् ।  कारोबार भएकामध्ये दुई सय ३० कम्पनीको शेयर मूल्य उकालो लाग्दा दुई कम्पनीको मात्रै शेयर मूल्य घटेको छ ।

सर्किट ब्रेक भनेको के हो ? किन रोकिन्छ शेयर कारोबार ?

२८ मंसिर, काठमाडौं । लगातार घटिरहेको शेयर बजारमा मंगलबार तीन पटक सकारात्मक ‘सर्किट ब्रेक’ लाग्यो । पहिलो पटक ४ प्रतिशत, दोस्रो पटक ५ प्रतिशत र तेस्रो पटक ६ प्रतिशत विन्दुले बजार बढेपछि मंगलबारका लागि पूरा …

सकारात्मक सर्किट लागेपछि आजको सेयर कारोबार बन्द

काठमाडौँ । सेयर बजार मापक सूचक नेप्सेमा सकारात्मक सर्किट ब्रेक लागेपछि आजको कारोबार बन्द भएको छ। आज नेप्से ६.०१ प्रतिशतले बढेपछि कारोबार बन्द भएको हो।

जीवन विकाससहित १ दर्जन कम्पनीको शेयरमा सकारात्मक सर्किट ब्रेक

काठमाडौं । विगत १ साता देखि घटिरहेको शेयर बजार परिसुचक नेप्से आज भने बढिरहेको छ ।२ बजेसम्मको कारोबारमा शेयर परिसुचक नेप्स करिब २६ अंकले बढ्दै ९ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार जीवन लघुवित्त वित्तीय संस्था सहित करिब १३ वटा कम्पनी शेयर कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । जीवन लघुवित्त वित्तीय संस्थाको […]

यी ५ कम्पनी, नेप्से घट्दा पनि जसको शेयर कारोबारमा लाग्यो सकारात्मक सर्किट ब्रेक

सोमवार नेप्से परिसूचक घटेपनि शेयर बजारमा विभिन्न ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै २ कम्पनीको कारोबार सकारात्मक सर्किट लेभलमा भएको छ ।  सोमवार रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, जानकी फाइनान्स लिमिटेड, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, बिशाल बजार कम्पनी लिमिटेड र ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  यस्तै न्याग्दी ग्रुप पावर लिमिटेड र हिमालय उर्जा विकास कम्पनी लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढ्दै सर्किट लेभलमा कारोबार भएको छ ।  ...

सीईडीबी हाइड्रोको सेयर मूल्यमा सर्किट

काठमाडौं। दोस्रो बजारमा कारोबार सुरु भएको छैटौं दिनमा पनि सीईडीबी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६६ रुपैयाँले बढेर ७३३ रुपैयाँ पुगेको छ। कम्पनीको सेयर मूल्यमा निरन्तर १० प्रतिशतको वृद्धि हुँदै आएको छ।

नेप्से ५ अंकले घट्दा पनि तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक ‘सर्किट’

६ माघ, काठमाडौं । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५.५७ अंकले बजार घटेर २ हजार ३ सय २६ दशमलव ९० अंकमा झरेको छ । समग्रमा नेप्से परिसूचक घटे पनि केहि कम्पनीहरुको सेयर मूल्यमा भने राम्रो सुधार आएको छ । जसमध्ये तीन कम्पनीको सेयर मूल्य त १० प्रतिशतले बढेर सकारात्मक सर्किट ब्रेक नै लागेको छ […]

शेयर बजारमा उछाल, पटक-पटकको सर्किट ब्रेकपछि कारोबार बन्द

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से ६ प्रतिशतले बढेको छ । हिजो नकारात्मक सर्किट ब्रेक लागेर  केही समय  बन्द भएको नेप्से आज भने तीन पटक सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको हो । आज कारोबार सुरु भएको एक घन्टा नपुग्दै चार प्रतिशतले बढेपछि २० मिनेट सर्किट ब्रेक लागेको थियो, दोस्रो पटक पाँच ...

तेस्रो पटक सकारात्मक सर्किट ब्रेक लागेपछि सेयर बजार बन्द

नेप्से परिसूचकमा लगातार तेस्रो पटक सकरात्मक सर्किट ब्रेक लागेपछि आजका लागि सेयर बजार बन्द भएको छ। कारोबार सूरु भएपछि नेप्से परिसूचक तेस्रो पटक ६ दशमलव ६ प्रतिशतले बढेपछि सकरात्मक सर्किट ब्रेक लागेपछि सेयर बजार बन्द भएको हो।