राष्ट्रिय सभा सदस्यको निर्वाचनअन्तर्गत बागमती प्रदेशमा मतदान जारी रहेको छ । अन्य समूह र महिला समूहमा गरी दुई जना राष्ट्रिय सभा सदस्यका लागि बुधबार हेटौँडा औद्योगिक क्षेत्रको सभाहल परिसरमा मतदान चलिरहेको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन २०७८ का निर्वाचन अधिकृत एवं मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले मतदान विहान ९ बजेदेखि सुरु भएको र दिउँसो ३ बजेसम्म चल्ने जानकारी दिनुभयो । मतदान सकिएको एक घण्टापछि मतगणना गरिने जनाइएको छ ।