टोखा–छहरे सुरुङमार्ग: ईआईए र डीपीआर अध्ययन गर्न वनको सहमति

काठमाडौं। काठमाडौं–रसुवागढीलाई छोटो दूरीले जोड्ने टोखा–छहरे सुरुङमार्ग आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) अघि बढाउन वन तथा वातावरण मन्त्रालयले सहमति दिएको छ । मन्त्रालयले विभिन्न शर्त राखेर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने यो आयोजनाको ईआईए अघि बढाउन सहमति दिएको हो ।  वनको सहमति पाएसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ईआईएसँगै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को अध्ययन अघि बढाउन चिनियाँ पक्षलाई जानकारी गराउने प्रक्रिया अघि बढाएको छ । वन मन्त्रालयले ८ बुँदे शर्त राखेर यो आयोजनाको ईआईए प्रक्रिया अघि बढाउन सहमति दिएको छ । मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बुधवार सहमति दिएको हो । यससँगै पूर्वसम्भाव्यता अध्ययन भएको यो सुरुङमार्गको डीपीआर र ईआईए अघि बढाउन बाटो खुलेको छ । यस्तै, चिनियाँ पक्षलाई पनि जानकारी गराइने मन्त्रालय स्रोतले जानकारी दिएको छ । ‘वन मन्त्रालयको सहमति प्राप्त भएको छ,’ स्रोतले भन्यो, ‘मन्त्रालयले राखेका शर्तहरू ईआईए र डीपीआर अघि बढाउँदा कार्यान्वयनमा जाने भएकाले थप अध्ययन अगाडि बढाउन परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ पक्षलाई जानकारी गराउन भनिएको छ ।’ चीन सरकारको सहयोगमा यो आयोजनाको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । थप अध्ययन अघि बढाउन चिनियाँ पक्षबाट माग भएअनुसार अहिले वनबाट सहमति पाइसकेको भन्दै मन्त्रालयका ती अधिकारीले चिनियाँ पक्षलाई जानकारी गराउन भनिएको बताए । प्रस्तावित आयोजना निर्माण र सञ्चालन गर्दा दुर्लभ र लोपोन्मुख वन्यजन्तु र यिनीहरूको वासस्थान, जैविक विविधता र पारिस्थितिक प्रणालीमा पर्ने नकारात्मक असरको अध्ययन गर्नुपर्ने मन्त्रालयको शर्त छ । वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका–२०७८ अनुसार यी विषयमा विस्तृत अध्ययन गरी/गराई नकारात्मक असर न्यूनीकरणका उपाय पालना र कार्यान्वयनको व्यवस्था पनि प्रतिवेदनमा समेट्नुपर्नेछ । यस्तै आयोजनाको सम्भाव्यता अध्ययन गर्दा विभिन्न विकल्पहरूको पनि अध्ययन गर्नुपर्ने उल्लेख गरिएको छ । त्यसरी अध्ययन गर्दा तथ्य र तथ्यांकको आधारमा जैविक विविधता र समग्र वातावरणमा न्यून नकारात्मक असर पुर्‍याउने र मध्यवर्ती र निकुञ्ज क्षेत्रको वनमा न्यूनतम प्रयोग गर्ने विकल्प छनोट गरी अध्ययन गर्न भनिएको छ । अध्ययन प्रतिवेदनमा वैकल्पिक डिजाइनहरू प्रस्ताव गरी कम वातावरणीय क्षति हुने एवं निकुञ्ज र मध्यवर्ती क्षेत्रको वनक्षेत्र न्यूनतम प्रयोग गर्ने डिजाइन छनोट गरेको विस्तृत विवरण प्रतिवेदनमा समेट्नुपर्ने, अध्ययनमा उक्त निकुञ्ज कार्यालयका अधिकृत स्तरका प्राविधिक कर्मचारी अनिवार्य संलग्न गराउनुपर्नेलगायत शर्त मन्त्रालयले राखेको छ ।  सन् २०१९ अक्टोबरमा नेपाल भ्रमणमा चिनियाँ राष्ट्रपति आउँदा यो सुरुङमार्गको अध्ययन अघि बढाउने विषयमा सहमति भएको थियो । रसुवागढी सडकलाई काठमाडौंबाट छोटो दूरीले जोड्ने र उत्तरतर्फको सडक पहुँचलाई नजिक बनाउन यो सुरुङमार्ग अघि बढाउने योजना अघि सारिएको छ ।

सम्बन्धित सामग्री

टोखा–छहरे सुरुङमार्ग निर्माणमा चीन सकारात्मक : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले टोखा–छहरे सुरुङमार्ग निर्माण गर्न चिनियाँ सरकार सकारात्मक रहेको बताएका छन् । लिखु महिला उद्यमी तथा सामाजिक संस्थाले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री डा. महतले सो परियोजना...

‘टोखा–छहरे सुरुङमार्ग सरकारको प्राथमिकतामा’

काठमाडौंको टोखाबाट नुवाकोटको शिवपुरी जोड्ने टोखा–छहरे सुरुङमार्ग सरकारको राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजनाका रूपमा अघि बढ्ने भएको छ। उक्त सुरुङमार्गको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) सुरु गर्न सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक...

टोखा–छहरे सुरुङमार्ग र तातोपानी–बाह्रबिसे सडकमा चीनको सहयोग मागिंदै

१४ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५ असोजदेखि गर्ने चीन भ्रमणमा नेपालले टोखा–छहरे सुरुङमार्ग निर्माण अघि बढाउन प्रस्ताव गर्ने भएको छ । प्रधानमन्त्रीको चीन भ्रमणमा काठमाडौंको टोखा र नुवाकोटको छहरे जोड्ने सुरुङमार्ग निर्माणका लागि अनुदान सहयोग माग्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जनाएको छ । यातायातसम्बद्ध विभिन्न एजेन्डामध्ये यो विषयलाई सरकारले […]

टोखा–छहरे सुरुङमार्ग राजनीतिक नारा होइन : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टोखा–छहरे सुरुङमार्ग कुनै राजनीतिक विषय नभई बहुआयामिक हितको विषय भएको बताएका छन् । शनिबार पञ्चकन्या गाउँपालिकाको लाकुरीभञ्ज्याङमा पञ्चकन्या गाउँपालिकाका प्रशासकीय भवनको उद्घाटन गर्दै उनले सुुरुङमार्गलाई राजनीतिक नारामा...

टोखा-छहरे सुरुङमार्ग नुवाकोटको मात्रै आवश्यकता होइनः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बहुउद्देश्यीय टोखा–छहरे सुरुङमार्ग यसै वर्षदेखि निर्माण प्रकृया अघि बढ्ने बताएका छन् । नुवाकोट पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा मन्त्री डा. महतले भने, ‘टोखा–छहरे सुरुङमार्ग नुवाकोटको मात्र आवश्यकता होइन । यो सुरुङमार्ग चीनसँगको व्यापारलाई सहज बनाउने र पृथ्वी राजमार्गलाई जोड्ने भएकाले बहुआयमिक उपयोगिता छ । त्यसैले यो नुवाकोटको मात्र […]

टोखा–छहरे सुरुङमार्ग निर्माण प्रक्रिया यसै वर्ष अघि बढ्छ : अर्थमन्त्री डा. महत

काठमाडौँ ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले बहुउद्देश्यीय टोखा–छहरे सुरुङमार्ग यसै वर्षदेखि निर्माण प्रक्रिया अघि बढ्ने बताउनुभयो । नुवाकोट पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा मन्त्री डा. महतले भन्नुभयो, ‘टोखा–छहरे सुरुङमार्ग नुवाकोटको मात्र आवश्यकता होइन । यो सुरुङमार्ग चीनसँगको व्यापारलाई सहज बनाउने र पृथ्वी राजमार्गलाई जोड्ने भएकाले यो सुरुङमार्गको बहुआयमिक उपयोगिता छ । त्यसैले यो नुवाकोटको […]

टोखा–छहरे सुरुङमार्ग निर्माण गर्ने तयारी छ : अर्थमन्त्री डा महत

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशरण महतले काठमाडौँको टोखाबाट नुवाकोटको छहरेसम्मको सुरुङमार्ग निर्माण कार्य थालनी गर्न लागिएको बताएका छन् । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीस्थित छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा निर्मित गुरु पद्मसम्भवको आज मूर्तिको प्राण प्रतिस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुरुङमार्ग निर्माणका लागि धेरै पहिलेदेखि बहस भए पनि अब भने काम सुरु गर्न आवश्यक बजेटको विनियोजन गर्ने […]

टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि ईआईए अध्ययन हुँदै

काठमाडौं, फागुन ३ । मुलुकको राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि बल्ल वातावरणीय प्रभाव अध्ययन (ईआईए) हुने भएको छ । २०७७ सालमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले यस सुरुङमार्गको पूर्व–सम्भाव्यता अध्ययन प्रतिवेदन (प्रि–फिजिबिलिटी अध्ययन) तयार पारेको थियो । सोही बेलादेखि यो सुरुङमार्ग निर्माण क्षेत्रमा चाइनिज पक्ष नेपाल आएका थिएनन् । तर, सडक विभागलाई ईआईए […]

टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि ईआईए अध्ययन हुँदै

काठमाडौं । मुलुकको राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि बल्ल वातावरणीय प्रभाव अध्ययन (ईआईए) हुने भएको छ । २०७७ सालमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले यस सुरुङमार्गको पूर्व–सम्भाव्यता अध्ययन प्रतिवेदन (प्रि–फिजिबिलिटी अध्ययन) तयार पारेको थियो । सोही बेलादेखि यो सुरुङमार्ग निर्माण क्षेत्रमा चाइनिज पक्ष नेपाल आएका थिएनन् । तर, सडक विभागलाई ईआईए अध्ययन गरेर […] The post टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि ईआईए अध्ययन हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

टोखा– छहरे सुरुङमार्ग बजेटबाट किन हरायो ? : सांसद खतिवडा

टोखा–खहरे सुरुङ मार्गलाई बजेटमा समावेश नगरेको भन्दै सांसदहरुले सरकारसँग प्रश्न गरेका छन । नेकपा एमालेका सांसद नारायणप्रसाद खतिवडाले सो सुरुङ मार्गलाई किन बजेटबाट हटाएको हो ? सोवारे जवाफ दिनका लागि सरकारसँग माग गरेका छन ।‘केपी ओली सरकारले प्राथमिकताका साथ समावेश गरेको टोखा–खहरे सुरुङ मार्गलाई यस पटकको बजेटमा समावेश गरिएको छैन,’ खतिवडाले प्रतिनिधिसभा बैठकमा भने, ‘के सरकार विकास विरोधी भएको हो ? यसको जवाफ सरकारले दिनुपर्छ ।’