खर्च र स्रोतको लक्ष्यमा सरकार असफल

गत आर्थिक वर्षका तथ्यांकलाई हेर्दा चालु, पुँजीगत र वित्तीय व्यवस्थापनमा बजेटले राखेका खर्चका लक्ष्य कुनै पनि फेला परेका छैनन्। यस्तै राजस्व असुली, वैदेशिक सहायता र ऋण लिने लक्ष्य पनि पूरा हुन सकेको छैन। यो हिसाबले सरकार बजेट खर्च गर्न र स्रोतको लक्ष्य फेल...

सम्बन्धित सामग्री

राजस्व संकलन र पुँजीगत खर्चमा सरकार असफल हुँदै

काठमाडौं । सरकारले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार २ खर्ब २१ अर्ब घटाउँदा पनि सात महिनाको अवधिमा नत आधा राजस्व उठाउन सकेको छ, न त बजेटको आधा खर्च नै गर्न सकेको छ । महत्वाकांक्षी बजेटको लक्ष्य भेटाउन नसक्ने आँकलनपछि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बजेटलाई १४ खर्ब २२ अर्ब ५४ […] The post राजस्व संकलन र पुँजीगत खर्चमा सरकार असफल हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अनुदान र कर्जा उठाउन पनि सरकार असफल

काठमाडौं । गत आर्थिक वर्षमा दुईपटकसम्म बजेट संशोधन गर्दा पनि चालू खर्च थाम्न सक्ने गरी राजस्व उठाउन सरकार असफल भएको छ । आर्थिक वर्ष २०७९–८० मा कुल लक्ष्यको ६८ प्रतिशत मात्र राजस्व उठ्दा सरकारलाई चालू खर्च गर्न पनि धौधौ भएको थियो । राजस्व नउठेपछि चालू खर्च गर्न पनि सरकार पछाडि हट्नुप-यो । गत आर्थिक वर्षमा […] The post अनुदान र कर्जा उठाउन पनि सरकार असफल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आधा वर्षमा गर्न नसकेको विकास खर्च २५ दिनमै !

सरकारले चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा ९० प्रतिशत र असारमा १० प्रतिशत गरी शतप्रतिशत पुँजीगत खर्च गर्ने मापदण्ड बनाएको थियो । तर, आफैँले बनाएको मापदण्डभित्र रहेर पुँजीगत खर्च गर्न सरकार असफल...

पूर्वाधार तथा विकास निर्माणमा सरकार असफल

काठमाडौं, असार १८ । चालू आर्थिक वर्षमा पूर्वाधार तथा विकास निर्माण सवालमा सरकार अपेक्षाकृत असफल देखिएको छ । सङ्घ, प्रदेश र स्थानीय तहका तीन वटै सरकारले भौतिक पूर्वाधार तथा विकास निर्माणमा अपेक्षाकृत खर्च र भौतिक प्रगति गर्न नसकेको देखिएको हो । राष्ट्रिय गौरवका आयोजनामा समेत ढिलासुस्तीलगायतका कारणले प्रगतिले फड्को मार्न सकेको छैन । गौरवका आयोजनालाई […]

नौ महिनामा विनियोजित बजेटको आधा रकम खर्च गर्न पनि सरकार असफल

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा सरकारले ७ खर्ब ९४ अर्ब २५ करोड ६० लाख रुपैयाँ खर्च गरेको छ ।अर्थ मन्त्रालयका अनुसार सरकारले पछिल्लो नौ महिनामा खर्च गरेको उक्त रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिमा खर्च गरेकोभन्दा १५.०३ प्रतिशतले बढी हो ।यस वर्ष सरकारको  चालु खर्च ६ खर्ब २५ अर्ब ५० करोड ८ लाख रुपैयाँ रहेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.६८ प्रतिशतले बढि हो ।  पछिल्लो नौ महिनामा सरकारको पूँजीगत खर्च १ खर्ब ३ अर्ब ७८ करोड ९६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १.९४ प्रतिशतले कम हो । बितेका नौ महिनामा वित्तीय व्यवस्था ६४ अर्ब ९६ करोड ५६ लाख रुपैयाँ रहेको छ । सरकारले चालु आर्थिक वर्षको लागि कूल १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सरकारले चालु आर्थिक वर्षको नौ महिना बितिसक्दा पनि बजेटमा विनियोजन गरिएकोमध्ये आधा रकम पनि खर्च गर्न सकेको छैन ।

विदेशी लगानी : भित्रिने घट्यो, फिर्ता हुने बढ्यो

कोभिड–१९ का कारण देशको अर्थतन्त्र अति प्रभावित छ । अर्थतन्त्रका समग्र सूचकहरू उत्साहप्रद छैनन् । गत आर्थिक वर्ष २०७७/७८ मा खर्च र राजस्वको संशोधित लक्ष्य पूरा गर्न पनि सरकार असफल भएको छ । अर्थतन्त्र सङ्कुचित हुँदा आन्तरिक मात्र नभई बाह्य परिस्थितिमा पनि सुधार देखिँदैन । गत आर्थिक वर्षमा अर्थतन्त्रको बाह्य क्षेत्रअन्तर्गतको विदेशी लगानी पनि प्रभावित रह्यो । विदेशी लगानीका लागि आधारभूत कानुनी सुधारबाट अघि बढेको सरकारका लागि त्यसको लाभ लिने समयमा कोभिड–१९ तगारो बनेको छ अर्थात् नेपाल भित्रने विदेशी लगानी गत आवमा घटेको छ । ...

कोरोना नियन्त्रणमा सरकार असफल : शेखर कोइराला

विराटनगर (अस) । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको टिप्पणी गरेका छन् । आइतवार विराटनगरस्थित आफ्नो निवासमा पत्रकारसँगको भेटमा कोइरालाले सत्तारूढ दलभित्रको आन्तरिक किचलोमा सरकार रुमलिँदा कोरोनाको संक्रमण भयावह रूपमा फैलिएको आरोप लगाए । ‘कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले योजनाबद्ध रूपमा काम गर्न नसकेकै हो’, उनले भने, ‘सीमा नाकामा समयमै होल्डिङ सेन्टर निर्माण, अक्सिजनको जोहो, आइसोलेसन निर्माण लगायतमा सरकार गम्भीर देखिएन ।’ कोरोनाविरुद्धको लडाइँमा विगतमा भएका कमजोरीबाट पाठ सिकेर तत्काल खोप खरीद गर्न उनले सरकारलाई सुझाव दिए । विकास निर्माणको खर्च कटौती गरेर तत्काल खोप खरीद गर्नुपर्नेमा उनले जोड दिए । ‘सरकारको पहिलो कर्तव्य भनेकै जनता बचाउनु हो, जनता बचाउन अनुदानमा होइन, विकास खर्च कटौती गरेर भए पनि खोप गरीद गर्नुपर्छ,’ उनले भने । उत्पादक राष्ट्रसँग सीधै सम्पर्क गरेर खोप किनेर जनतालाई लगाउनुको विकल्प नभएको उनले बताए । स्थानीय, प्रदेश र संघीय तीनै तहको सरकार मिलेर युद्धस्तरमा अस्थायी अस्पताल बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।

पुँजीगत बजेट खर्च गर्न सरकार असफल

चालू आर्थिक वर्षमा पनि पुँजीगत खर्च बढाउने योजना कार्यान्वयन गर्न सरकार असफल देखिएको छ । तीनै तहको निर्वाचन सम्पन्न गरेर चालू आर्थिक वर्षलाई समृद्धिको आधार वर्ष बनाउने घोषणा गरेको सरकारले विकास निर्माणका कामलाई प्राथमिकता नदिँदा विकास खर्चको अवस्था कमजोर देखिएको हो ।

६ महिनामा विकास खर्च १४ प्रतिशत

चालू आर्थिक वर्षमा सरकारी खर्च बढाउने योजना कार्यान्वयनमा सरकार असफल देखिएको छ । दुई दशकपछि भएको स्थानीय तहको निर्वाचन र पहिलो पटक ल्याइएको संघीय बजेटको कार्यान्वयन हुन नसक्दा सरकार चालू आवमा पनि अपेक्षित खर्च गर्न सरकार असफल देखिएको हो ।

बजेट खर्च गर्न सरकार असफल, ७८.४८ प्रतिशतमात्र खर्च

काठमाडौं । अघिल्ला वर्षजस्तै गत आर्थिक वर्ष ०७३–०७४ मा पनि बजेट खर्च गर्न सरकार असफल भएको छ ।  गत आवमा