भैरहवा भन्सार कार्यालयमा राजश्व सङ्कलन घटेसँगै सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सक्रियता बढाएको छ। नेपालकै दोस्रो ठूलो भन्सार नाकाको रूपमा रहेको भैरहवा भन्सार कार्यालयले पछिल्लो १२ महिनादेखि निरन्तर राजश्व सङ्कलन लक्ष्यअनुरूप गर्न नसकेर घाटामा गइरहेको छ। मुलुकका लागि ठूलो योगदान गर्ने यो नाकाबाट नै राजश्व सङ्कलन घटेसँगै सीमा सुरक्षा र अवैध चोरी निकासी रोकथाम तथा नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरीले सीमा विन्दुमै सक्रियता बढाएको हो।