ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल अर्घामा लाखे नाच

अर्घाखाँची – अर्घाखाँचीको ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल अर्घामा लाखे नाच नाचिएको छ । ऐतिहासिक अर्घा भगवती देवीको मन्दिर अर्थात् अर्घा दरबार (परापूर्वकालमा बाइसे चौबिसे राज्यको रूपमा रहेको स्थान) मा श्री कृष्ण जन्माष्टमीको दिन सदियौँदेखि लाखे नाच नाचिने परम्परा रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले बताउनुभयाे । भगवान् शिवलाई निन्दा गर्ने दक्ष प्रजापतिलाई युद्धमा पराजित गरेको खुसियालीमा लाखे नाच्ने परम्परा रहेको स्थानीय ठाकुर गन्धर्वले बताउनुभयाे । भगवान् शिवको प्रतीकको रूपमा कालभैरव जस्तै ग...