सन् २०२२ को आर्थिक वृद्धिदर ३.२ प्रतिशतमा सीमित हुने

रुस–युक्रेन युद्धको प्रभावले सन् २०२२ को विश्वव्यापी आर्थिक वृद्धिदर ३.२ प्रतिशत मात्र हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । यस्तो प्रक्षेपण बैंकले यसअघि गरेको ४.१ प्रतिशतबाट घटाउँदै ३.२ प्रतिशतको अनुमान गरेको हो । विश्व बैंकका प्रमुख डेभिड मालपासले युद्धबाट थपिएको आर्थिक तनावलाई बैंकले जवाफ दिइरहेको सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।  सो अवसरमा मालपासले विश्वव्यापी आर्थिक वृद्धिदरको प्रक्षेपण घटाउनुको प्रमुख कारण युरोप र मध्य एसियामा आउने आर्थिक संकुचनलाई समेत हेरिए

सम्बन्धित सामग्री

वर्ष २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने आइएमएफको प्रक्षेपण

काठमाडौं। अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)ले आगामी वर्ष सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने प्रक्षेपण गरेको छ। आइएमएफका अनुसार सन् २०२० मा विश्वको आर्थिक वृद्धिदर ३.१ प्रतिशतले सङ्कुचन भएकोमा २०२१ मा ६.० प्रतिशतले विस्तार भएको थियो । सन् २०२२ मा यस्तो वृद्धिदर ३.२ प्रतिशत कायम रहेको छ। आगामी वर्ष विश्वको आर्थिक वृद्धिदर घट्ने आइएमएफको प्रक्षेपण छ।

यसवर्ष नेपालकाे आर्थिक वृद्धिदर ५.८ प्रतिशत : विश्व बैंक

विश्व बैंकले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत रहने आकलन गरेको छ। ‘नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२२’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले यसवर्ष स्थिर बजार मूल्यका आधारमा नेपालको...

नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने आइएमएफको प्रक्षेपण

काठमाडौँ – अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ। यसै साता ‘वर्ल्ड इकनोमिक आउटलुकः काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दै आइएमएफले आर्थिक वृद्धिदरको सुरुवाती अनुमानमा संशोधन गरेको हो। गत जनवरीमा आइएमएफले नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने प्रक्षेपण गरेको थियो। आइएमएफले […]

नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने आइएमएफको प्रक्षेपण

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ। यसै साता ‘वर्ल्ड इकोनमिक आउटलुकः काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन...

आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने प्रक्षेपण

एसियाली विकास बैङ्क (एडीबी)ले सन् २०२२ मा ५.८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने संशोधित अनुमान गरेको छ । यसअघि एडीबीले यस वर्षका लागि ३.९ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो ।सन् २०२३ का लागि एडीबीले आर्थिक वृद्धिदर घटाएको छ । यसअघि नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत रहने अनुमान गरेको एडीबीले एसियन डेभलपमेन्ट आउटलुक, २०२२ को अद्यावधिक प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशत (बजार मूल्य) पुग्ने प्रक्षेपण गरेको हो । एडीबीले विदेशी विनिमय सञ्चितिमा

यसवर्ष नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत हुने एडीबीको प्रक्षेपण

काठमाण्डाै - एसियाली विकास बैङ्क (एडीबी) ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत हुने संशोधित अनुमान गरेको छ । यसअघि एडीबीले यस वर्षका लागि ३ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । तर सन् २०२३ का लागि एडीबीले आर्थिक वृद्धिदर घटाएको छ । यसअघि नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत रहने अनुमान गरेको एडीबीले एसियन डेभलपमेन्ट आउटलुक, २०२२ को अद्यावधिक प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ७ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो । एडीबीले विदेशी विनिमय सञ्चितिमा...

आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने आईएमफको प्रक्षेपण

१३ वैशाख, काठमाडौं । बहुराष्ट्रिय निकायहरु विश्व बैंक र एसियाली विकास बैंककै प्रक्षेपणको निकट रहेर अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमफ)ले समेत नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गरेको छ । आईएमएफका अनुसार सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने छ । यसअघि विश्व बैंकले अघिल्लो साता ३.७ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण गरेको थियो […]

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने

एसियाली विकास बैंक (एडीबी) ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ। एडीबीले बुधबार एसियाली विकास परिदृश्य सार्वजनिक गर्दै अघिल्लो वर्ष २.१ प्रतिशतको आर्थिक वृद्धिदरमा सुधार आउने जनाएको हो। एडीबीले २०२३ मा ५ प्रतिशत आर्थिक वृद्धिदर पुग्ने अनुमान गरेको हो।सन् २०२२ (चालू आर्थिक वर्ष) कृषि क्षेत्रको वृद्धिदर १.३ प्रतिशत रहनेछ । रोपाइँका बेला पर्याप्त वर्षा भए पनि धान थन्क्याउने बेला भएको वर्षाले क्षति पुऱ्याउँदा धान उत्पादन ९ प्रतिशतले घटेको छ । उद्योग क्षेत्र

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्रै : विश्व बैंक

२८ पुस, काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्षमा सार्क मुलुकमध्ये श्रीलंका, पाकिस्तान र नेपाल सबैभन्दा कम आर्थिक वृद्धिदर हासिल गर्ने मुलुकमा रहने प्रक्षेपण गरेको छ । सन् २०२२ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस वर्ष नेपालले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्न सक्ने अनुमान गरेको छ । नेपाल सरकारले भने ७ प्रतिशत […]