प्रधानमन्त्री दाहाल सेप्टेम्बरमा चीन भ्रमण जाने

काठमाडौं, १८ असार । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी सेप्टेम्बरमा चीन भ्रमणमा जाने खुलासा गरेका छन् । प्रधानमन्त्री दाहालले आफ्नो पहिलो विदेश भ्रमण भारत गरेका थिए । भारतलगत्तै दाहाल चीन भ्रमणमा जाने तयारीमा थिए । तर, मिति भने खुलासा भएको थिएन । आज विभागीय मन्त्री साउदले प्रधानमन्त्री दाहालको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने […]

सम्बन्धित सामग्री

आश्वासनमा अल्झिएको चीन भ्रमण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हालै सम्पन्न चीन भ्रमण नेपालले अपेक्षा गरे अनुसार सफल हुन सकेन।प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा भएको १२ बुँदे समझदारीबाट नेपाललाई आर्थिक लाभ हुने सम्भावना देखिएन।तर उत्तरी छिमेकी चीनलाई नेपालको भलो चिताउने मित्र राष्ट्रको रुपमा परिभाषित गर्नेहरुको लामो फेहरिस्त छ। कतिपयमा त चीनबाट गल्ती नै हुन सक्दैन भन्ने अति विश्वास रहेको छ।कतिपयले […]

प्रधानमन्त्रीको चीन भ्रमण सफल : काँग्रेस, असफल : एमाले, राप्रपा

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। उनको चीन भ्रमणको सफलताबारे दलहरूले फरक फरक धारणा राखेका छन्।सत्ता गठबन्धन काँग्रेसका नेताहरूले प्रधानमन्त्रीको भ्रमण सफल रहेको बताएका छन्। यसैगरी प्रतिपक्षी दल एमालेका नेताहरूले भने प्रधानमन्त्रीको चीन भ्रमण सफल नभएको बताएका छन्।एमाले सचिव योगेश भट्टराईले प्रधानमन्त्रीले चीनसँग उच्चस्तरीय विश्वासको वातावरण बनाउन नसकेको बताए। बीआरआई परियोजनामा छलफल गर्न नसकेको बताए। उनले ताइवान र तिब्बतको विषयमा

चीन भ्रमण पूर्णरुपमा सफल भयो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको औपचारिक भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा केन्द्रित रहेको र पूर्णरुपमा सफल भएको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभा र चीनको साताव्यापी भ्रमण पूरा गरी आज स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘मेरो चीन भ्रमणले दुई देशबीचको आपसी विश्वासको वातावरणलाई थप सुदृढ गर्दै दुवै मुलुकबीच रहिआएको […]

चीन भ्रमण पूर्णरुपमा सफल: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको औपचारिक भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा केन्द्रित रहेको र पूर्णरुपमा सफल भएको बताएका छन्।...

प्रधानमन्त्रीको चीन भ्रमण सफल : परराष्ट्रमन्त्री

काठमाडौँ– परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको बताएका छन् ।  प्रधानमन्त्रीको चीन भ्रमणमा सँगै रहेका मन्त्री साउदले आर्थिक एवं कूटनीतिक दृष्टिकोणले प्रधानमन्त्रीको भ्रमण सफल भएको बताएका हुन् । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री लि छ्याङसँग भएका द्विपक्षीय भेटवार्ता महत्त्वपूर्ण भएको भएको भन्दै उनले दुई देशका बीच भएका समझदारी […]

प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक भएको कार्यवाहक प्रधानमन्त्री खड्काको भनाई

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको विकास र समृद्धिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण उपलब्धिमूलक भएको बताउनुभएको छ । बिहिबार सुर्खेतको बोटेचौरमा भेरि कोरिडोर सिंचाई तथा नदी व्यवस्थापन आयोजनाको उद्घाटन गर्दे उहाँले चीन भ्रमणमा महत्वपूर्ण सम्झौताहरु भएको जानकारी दिनुभयो । उहाँले नागरिक सुशासनलाई केन्द्रमा राखेर सरकारले एउटा प्याकेजमै […]

प्रधानमन्त्रीको चीन भ्रमण : हुन सक्छ कोरला नाका खुलाउने सम्झौता

५ असोज, काठमाडौं । मुस्ताङको कोरला नाका खोल्ने तयारी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा कोरला नाका खोल्ने विषयमा दुवै पक्षबीच सम्झौता हुन सक्ने सम्भावना रहेको वाणिज्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको एजेण्डामा नेपाल–चीन नाका सहजीकरण पनि रहेको र सम्भवतः नाका खोल्ने सम्झौतामा […]

प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सीसँग हाङजाओमा शिष्टाचार भेट गर्ने

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले चीनका राष्ट्रपति सी जिनपिङसँग हाङजाओमा शिष्टाचार भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमण र संयुक्त राष्ट्र संघको ७८ औँ महासभाको औपचारिक भ्रमणबारे शुक्रबार प्रतिनिधि सभालाई जानकारी गराउँदै सो कुरा बताएका हुन्। प्रधानमन्त्री दाहाल अगामी असोज ५ गते संयुक्त राष्ट्र संघको ७८ औँ महासभामा भाग लिएर सिधै चीन भ्रमणमा जाने […]

प्रधानमन्त्री ३० भदौमा न्युयोर्क र ४ असोजमा उतैबाट चीन जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भदौ अन्तिम साता न्युयोर्क र असोज पहिलो साता चीन भ्रमण तय भएको छ । संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन ३० भदौमा न्युयोर्क पुग्ने र त्यतैबाट ४ असोजमा...

प्रधानमन्त्रीको चीन भ्रमण

प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणका लागि एजेन्डा तय गर्न सरकारी अधिकारीहरू जुटेका छन् । धेरैभन्दा धेरै परियोजनामा सहयोग माग्ने र त्यस्ता सहयोग दिने वचनबद्धतामा दंग पर्ने परिपाटीले कूटनीतिक सम्बन्ध बलियो र विश्वासिलो बन्दैन । नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार भए पनि चीनसँग नेपालले अहिलेसम्म अपेक्षित लाभ लिन सकेको छैन । यसअघिका प्रधानमन्त्रीले गर्ने चीन भ्रमणको बेलामा समेत ठूलाठूला एजेन्डामा कुरा हुने गरे पनि कार्यान्वयन कमजोर छ ।  यही भएरै घाँस चीन निर्यात हुँदा नेपालीले खुशी मान्नुपर्ने अवस्था छ । विगतमा सिन्धुलीको जुनार चीन निर्यात गर्ने भनिएको थियो । तर, अहिले त्यसबारेमा कुरै हुन छाडेको छ । त्यसैले समस्याको चुरो कहाँनेर छ भनेर पत्ता लगाएर त्यसको समाधानमा जुट्नभन्दा पनि बढी माग्न कचौरा लिएर जाने प्रवृत्ति अहिले पनि दोहोरिन लागेको छ । विगतमा भएका सम्झौता र समझदारीको इमानदारीपूर्वक किन पालना भएन भन्नेमा नै दुवै देशको सम्बन्ध प्रगाढ हुन सक्छ र विस्तार पनि हुन सक्छ । त्यो गाँठो नफुकाउने अनि नित्य नयाँ नयाँ कुरा माग्दै जाने हो भने चीनबाट नेपालले पाउने सहयोग झनै घट्दै जाने निश्चित छ । चीन नेपालको पुरानो र घनिष्ट सम्बन्ध भएको मुलुक हो । नेपालमा जस्तोसुकै सरकार आए पनि त्यसमा चासो नराख्ने तर आफ्नो सहयोग र सम्बन्धलाई प्रगाढ बनाइरहने चिनियाँ नीतिमा पछिल्लो समय विचलन आएको छ । एक त उसले नेपालको आन्तरिक राजनीतिमा चासो राख्न थालेको छ भने अर्को नाकामा गर्ने व्यवहार एकनासको छैन । अर्थात्, ऊ नेपालप्रति निकै सशंकित छ र त्यसैअनुसार उसले सिमानामा व्यवहार गरिरहेको छ भन्ने देखिन्छ । यतिमात्र होइन, नेपालले एक चीन नीतिप्रति दिएको समर्थन र विश्वासप्रति उसमा आशंका छ भन्ने देखिन्छ । त्यसैले चीनले धेरै थोक दिएको देखिए पनि पछिल्लो समय नेपालको अर्थतन्त्रले खासै फाइदा लिन नसक्ने गरी चतुरतापूर्वक सम्झौताहरू गरिरहेको छ ।  बेल्ट एन्ड रोड इनिसिएटिभमा सहभागी हुन नेपालले हस्ताक्षर गर्नु निकै अर्थपूर्ण र महत्त्वपूर्ण निर्णय थियो । तर, यस परियोजनाबाट नेपालले कुनै लाभ लिएको छैन, उल्टै पोखरा विमानस्थल यसै परियोजनाअन्तर्गतको भनिदिएर नेपाललाई चीनले समस्यामा पारिदिएको छ । यस्तो बेला चीनसँग नयाँ नयाँ कुरा माग्नुभन्दा पनि विगतमा भएका सम्झौता किन कार्यान्वयन भएनन् भन्नेमा मन माझामाझ गर्नु बढी लाभदायी देखिन्छ ।  हुन त बीआरआईको परियोजना शुरू नहुनुमा चीनको दोष हो कि नेपालको दोष हो स्पष्ट किटेर भन्न सक्ने अवस्था छैन । चिनियाँ प्रतिनिधिहरू नेपाल आउँदा किन बीआरआईमा काम भएन भनेर प्रश्न गर्छन् तर त्यसको जवाफ नेपालले दिएको पाइँदैन । तर, व्यवहारत: चीनले त्यस्ता परियोजनाका लागि नेपालले गरेको आग्रहलाई समेत बेवास्ता गरिरहेको वा आलटाल गरेको समेत पाइन्छ । नेपालले भाषिक समस्या भएको भन्दै चीनसँग स्पष्ट कुरा राख्न नसकेको पनि देखिन्छ । यथार्थ के हो भने चिनियाँहरू आफूलाई चासो नपरेको विषयलाई विषयान्तर गर्न विश्वमै खप्पिस छन् भनिन्छ । चिनियाँ कूटनीति निकै जटिल हुन्छ जसलाई सहजै अनुमान गर्न सकिँदैन ।  कम्युनिष्ट देश भएकाले उसका धेरै नीतिहरू सार्वजनिक नै हुँदैनन् । त्यस्तै, बाहिर एकथोक भनेर भित्रभित्रै अर्कै थोक गर्ने गरेको पनि पाइन्छ । त्यही भएर चिनियाँ कूटनीतिबारे अमेरिकी, बेलायती र भारतीयहरूले समेत स्पष्ट भन्न सकेको पाइँदैन । यस्तोमा नेपालले चीनसँग आफ्ना कुरा खुलस्त भन्न सक्नुपर्छ । हो, मित्रता निर्वाहमा चिनियाँहरू कमजोर देखिएका भने छैनन् । त्यसो हुँदा नेपालले चिनियाँहरूको वास्तविक चाहना र स्वार्थ के हो भन्ने बुझ्न जरुरी देखिन्छ ।  कुनै बेला नेपालको दिग्गज कूटनीतिज्ञहरूसँग चिनियाँहरू निकै प्रभावित भएको बताइन्छ । तर, अहिले त्यस्ता कूटनीतिज्ञ चीनमा पठाउन किन सकिएन ? अथवा नेपालमा यदुनाथ खनालजस्ता कूटनीतिज्ञहरूको खडेरी नै भएको हो त ? चिनियाँ व्यवहार हेर्दा नेपालले चीनको सुरक्षा स्वार्थ जोगाउन राम्ररी काम गर्न नसकेको हो कि भन्ने देखाउँछ । तातोपानी भन्सार नाका खुलाउन पटक्कै तयार नहुनु तर नेपालको बारम्बार ‘अनुरोध’ पछि केही समय खुल्नु र फेरि त्यसमा कडाइ गर्नुले यसमा उसको पक्कै पनि केही चिन्ता छ भन्ने देखिन्छ ।  त्यसैले, प्रधानमन्त्रीको यो भ्रमणलाई साँच्चीकै मुलुकको दीर्घकालीन हितमा उपयोग गर्ने हो भने मागको सूची बनाउनभन्दा समस्याको सूची बनाएर त्यसबारे खुला छलफल गर्नु आवश्यक छ । चीनलाई एउटा कुरामा आश्वस्त पार्न नेपाल कुनै पनि हालतमा चुक्नु हुँदैन । त्यो हो : नेपालको विकासका लागि जुनसुकै देशले दिने अनुदान र सहयोग विशुद्ध विकासको आवश्यकताले गर्दा लिइएको हो । त्यसमा अन्य गोप्य कुरा छैनन् र हुँदैनन् पनि भन्ने कुरामा उसलाई आश्वस्त पार्नैपर्छ । अर्को, नेपालको विकासका लागि आवश्यक सहयोग चीनले जति दिए पनि लिन नेपाल तत्पर छ । तर, ऋणमा लिएर ठूलो परियोजना बनाउन भने तयार छैन, नेपालले त्यसो गर्न सक्दैन भन्नेमा उसलाई स्पष्ट पार्न आवश्यक देखिन्छ । नेपालले चीनसँग केरुङ–काठमाडौं रेल बनाइदिन प्रस्ताव गरेको छ र त्यसबारे एक चरणको अध्ययन पनि भएको छ । तर, त्यो रेल ऋण लिएर बनाइयो भने मुलुकले तिर्न सक्ने क्षमता राख्ने देखिँदैन । त्यसैले ऋणभन्दा अनुदानमा नै यस्ता परियोजना बनाउनुपर्छ भन्ने कुरा नेपालले स्पष्टसँग चीनलाई बुझाउन सक्नुपर्छ । चीनबाट थुप्रै वायु सेवा कम्पनीले दैनिक उडान गरे पनि नेपाल वायु सेवा निगमलाई एउटा उडानका लागि समेत अनुमति नदिएको बारेमा नेपालले कारण सोध्न सक्नुपर्छ । चिनियाँ लगानीबाहेकका उत्पादनलाई चीन निकासीमा भएका अवरोध बारे पनि नेपालले कुरा उठाउन सक्नुपर्छ ।  नेपालले जति सफासँग आफ्नो स्पष्ट अडान र एजेन्डा राख्न सक्छ त्यति नै चीनसँगको सम्बन्ध राम्रो हुन्छ भन्ने कुरा विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री हुँदा गरेको चीन भ्रमणले स्पष्ट पारेको छ । तत्कालीन राजाहरूको भ्रमणले पनि यस्तै खाले प्रभाव राखेको थियो । तर, अहिले दलहरूको दही चिउरे प्रवृत्ति र मगन्ते उद्देश्यका कारण पनि चीनले नेपाललाई कुनै न कुनै सहयोग दिने भनेर अल्झाइरहने तर वास्तविक सहयोगचाहिँ नगर्ने नीति लिएको देखिन्छ । चिनियाँ राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमणमा दिएका सहयोग र गरेका सम्झौताअनुसार केही पनि काम भएको छैन । त्यसैले नयाँ कुरा माग्नभन्दा पनि नेपालले चीनलाई अन्य मुलुकबाट लिने सहयोगबारे स्पष्ट पार्न र चीनले दिएको सहयोग पनि त्यस्तै खाले हुनुपर्ने कुरा स्पष्ट पार्न आवश्यक छ । यति गर्न सके मात्रै चीन भ्रमणको अर्थ हुन्छ, अन्यथा माओको समाधिस्थल हेर्न र पर्ल मार्केट गएर किनमेल गर्नभन्दा बढी कुनै उपलब्धि हुन सक्ने देखिँदैन ।