देशभर ३१ जिल्लामा निषेधाज्ञा, २३ मा पूर्ण र आठमा आंशिक

कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण रोक्न ३१ जिल्लामा निषेधाज्ञाको घोषणा भएकाे छ । आइतबार गृहमन्त्रालयले कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि निषेध आदेश जारी भएको जिल्लाहरुको विवरण सार्वजनिक गर्दै आठ जिल्लामा आंशिक र बाँकिमा पूर्ण निषेधाज्ञा गरिएको जनाएको छ ।