काठमाण्डाै – शेयर बजार आज पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार १५ दशमलव ४४ अङ्कले बढेर दुई हजार एक सय २७ दशमलव ४२ विन्दुमा पुगेको छ ।
दाेहाेराे अङ्कले बजार बढेकाे दिन निर्जीवन बीमा, उत्पादन र अन्य समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । आज कारोबार सङ्ख्या र रकममा निकै वृद्धि भएको छ । दुई सय २१ वटा कम्पनीका एक करोड १९ लाख ५५ हजार कित्ता शेयर चार अर्ब ९७ करोड ६४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै अरुण काबेली जलविद्युत् कम्पनीको झन्डै १८ करोड र शिवम् सिमेन्टको १५ करोड ८६ लाख रु...