निर्वाचनमा बालबालिका प्रयोग गर्दै राजनीतिक दलहरू

काठमाडौं : दाङ क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी उम्मेदवार कोमल वली कात्तिक १५ गते चुनावी अभियानका दौरान एउटा विद्यालयका बालबालिकासँग बसेर भोट मागेको समाचार बाहिरियो।दाङको बबई गाउँपालिका-१ गँगटेस्थित सरस्वती जनता माविका विद्यार्थीहरूसँग कोमल वली सँगै भएको तस्वीर सार्वजनिक भएपछि उनको निकै आलोचना भयो। त्यसपछि कात्तिक १९ गते निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको विषयमा उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।‘तपाईंले निर्वाचन आचारसंहिताको दफा १३