कोका–कोलाको ‘धन्यवाद’ अभियान सुरु

काठमाडौँ– कोका–कोलाले ‘कृतज्ञता’ प्रदान गर्न दसैँ–तिहारलाई लक्षित गरी ‘धन्यवाद’ अभियान सुरु गरेको छ। बुधबार राजधानीमा एक कार्यक्रम गरी ‘धन्यवाद’ अभियान सुरु गरेको कोका–कोला नेपालका कन्ट्री निर्देशक आर्दश अवस्थीले जानकारी दिए। उनले भने, ‘कोका–कोलाले यसपालीको दसैँ उपभोक्ताहरुलाई महामारीको समयमा उनीहरुलाई प्रोत्साहित र प्ररेति गर्नुभएका परिवारको सदस्यहरु र साथीहरुप्रति हार्दिक आभार व्यक्त गर्दै मनाउन प्रेरित गरेको छ। […]