नेपाली चियामा भारतले अवरोध गर्दा एक हप्तादेखि निर्यात ठप्प

काठमाण्डाै - नेपालमा उत्पादन हुने हरियो चिया निर्यातलाई भारतले रोक लगाएको छ । टि बोर्ड भारतले नेपाली चियाको गुणस्तर कमजोर भएको आरोप लगाउँदै एक हप्तादेखि निर्यातमा रोक लगाएको हो । चिया निर्यात गर्नेले भारतको टि बोर्डबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ । नेपाल चिया उत्पादक सङ्घका अनुसार भारतको टि बोर्डले विना आधार नेपाली चिया गुणस्तरहीन भएको आरोप लगाएका कारण निर्यात ठप्प भएको छ  । एक हप्ताअघि झापाको पानी ट्याङ्कीमा रहेको भन्सारमा लैजाँदै गरेको दुई गाडी चिया रोकिएपछि निर्यात ठप्प भएको चिया तथा कफी विकास बोर्ड फि...