लुम्बिनीमा सांसदमाथि गरिएको कारवाहीको औचित्य छैन : मनिष सुमन

काठमाडौं। जनता समाजवादी पार्टीका नेता मनिष सुमनले लुम्बिनीमा सांसदमाथि गरिएको कारवाहीको कुनै औचित्य नभएको बताएका छन्। उनले देखापढीसँग भने, ‘लुम्बिनी प्रदेशमा जसपा समायोजन भएको छैन, समायोजन नहुँदा फरक–फरक विज्ञप्ति आयो, त्यसैले एक पक्षले विरोध गरे, अर्को पक्षले बधाई दिए।’ मन्त्रिमण्डलमा संसदीय दलको निर्णयमार्फत गएकाले कारवाहीको औचित्य नभएको बताए। छिट्टै समायोजन नगर्नु केन्द्रकै गल्ती भएको उनको स्वीकारोक्ति छ।

सम्बन्धित सामग्री

राजनीतिक परिवर्तनमा दलको जति भूमिका छ, त्यतिनै रिपोर्टर्स क्लबको छः मनिष सुमन

काठमाडौं, १७ चैत । जनता समाजवादी पार्टी (जसपा) का नेता मनिष सुमनले रिपोर्टर्स क्लबले हजारौंका संख्यामा निडर पत्रकारहरु उत्पादन गरेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सवको अवसरमा आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता सुमनले क्लबले हजारौंको संख्यामा पत्रकार उत्पादन र राजनीतिक कार्यकताको विचार र एजेण्डलाई जनतामाझ […]

जसपा प्रवक्तामा मनिष सुमन नियुक्त

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को प्रवक्तामा मनिष सुमन नियुक्त भएका छन्। अध्यक्ष उपेन्द्र यादवले सुमनलाई आइतबार प्रवक्तामा नियुक्त गरेका हुन्। पार्टीको अन्तरिम विधान २०७७ को १९ (२ घ) अनुसार उनलाई प्रवक्तामा नियुक्त गरिएको अध्यक्ष यादवद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। जसपाको केन्द्रीय कार्यकारिणी समितिका सदस्य सुमन मधेश प्रदेशसभाका सदस्य पनि हुन्।

मनिष सुमन बने जसपाको प्रवक्ता

बाबुराम भट्टराई समूह अलग्गिएपछि अध्यक्ष उपेन्द्र यादवले पार्टीका नेताहरुको कार्य विभाजनमा पनि व्यापक परिवर्तन गरेका थिए।...

वाङ यीको भ्रमण विशेष छ : मनिष सुमन

जनता समाजवादी पार्टी, नेपालका नेता मनिष सुमनले आफूहरु चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपालमा स्वागत गर्न तयार रहेको बताएका छन् । शनिबार एक कार्यक्रममा उनले भने, ‘हामी पञ्चशीलको आधारमा सबै विदेशसँगको सम्बन्धलाई स्विकार गर्छौं । सबै देशसँग समान व्यवहार गर्छौं । भारत र चीनसँग विशेष सम्बन्ध रहनुपर्छ । भारत र चीन भनेको त हाम्रो नजिकका छिमेकी […]

‘चीनका विदेशमन्त्री यीको नेपाल आगमनलाई जसपाले विशेष रुपमा लिएको छ’ : मनिष सुमन

काठमाडौं, ५ चैत्र । जनता समाजवादी पार्टी, नेपालका नेता मनिष सुमनले पनि आफूहरु चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपालमा स्वागत गर्न तयार रहेको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यस्तो बताएका हुन् । क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘हामी पञ्चशीलको आधारमा सबै विदेशसँगको सम्बन्धलाई स्विकार गर्छौं […]

बाबुराम भट्टराईलाई कति वटा अध्यक्ष चाहियो ? : मनिष सुमन

यतिबेला जनता समाजवादी पार्टी नेपाल विभाजन हुन लाग्यो भन्ने चर्चा ब्यापक छ । पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्षबीचको टकरावले पार्टीभित्र नेताको कित्ताकाट भएको र विभाजनकै तहमा पुगिसकेको समाचारहरु आइरहेका छन् ।  तर कार्यकारिणी सदस्य मनिष सुमन यसलाई प्रायोजित समाचार मात्र भन्छन् । पार्टीमा कुनै विवाद नरहेको र कुनै अमुक व्यक्तिले आफ्नो स्वार्थका लागि सबै हल्ला गरिरहेको सुमनको दाबी छ । पार्टी विभाजन होइन बरु अझै सशक्त भएर आउने उनको ठम्याई छ । आखिर किन भइरहेछ त जसपा विभाजन हु

जसपा फुटाउन सक्ने कसैको हिम्मत छैन् : मनिष सुमन (भिडिओसहित)

काठमाडौं, ३० असोज । जनता समाजवादी पार्टी, नेपालका नेता तथा प्रदेश नम्बर २ का सांसद मनिष सुमनले मन्त्री बन्न नपाएकाहरुले पार्टीको विरुद्धमा गतिविधि गरेकोमा असन्तुष्टि पोखेका छन् । उनले प्रदीप यादवले मन्त्री बन्न नपाएकोमा पार्टीविरुद्ध विरोध तथा प्रदर्शन गर्नु अशोभनीय रहेको सुनाए । यद्धपी सांसद यादव आँफै उपस्थित् भएर प्रदर्शन नगरेको पनि सुनाए । आज […]

महन्थ पक्षका राजकिशोर यादव र मनिष सुमन उपेन्द्र पक्षमा उभिए

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताद्वय राजकिशोर यादव र मनिष सुमन अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा उभिएका छन्। आधिकारिकता टुंगोमा पुर्‍याउन निर्वाचन आयोगले  ‘हेड काउन्ट’ सुरु गरेपछि अध्यक्ष ठाकुर पक्षका नेताहरू यादव पक्षको लाइनमा पुगेका हुन्। ठाकुर पक्ष पक्ष निवर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारमा जादा राजकिशोर यादव मन्त्री बनेका थिए। ठाकुर पक्षको लिष्टमा नअटाएका यादवलाई ओलीले मन्त्री बनाएका थिए। यस्तै, अर्का