कहिले हट्ला घरजग्गामा मन्दी ? बैनाको भाका सार्दै खरीदकर्ता, मालपोत कार्यालय सुनसान

माघ ४, काठमाडौं। बैंकिङ क्षेत्रमा देखिएको तरलताको समस्याले सबैभन्दा धेरै प्रताडित हुने क्षेत्र मध्ये एक हो घरजग्गा व्यवसाय । साना हुन् या ठूला कारोबारी सबैले भरपर्नुपर्ने बैंक तथा वित्तीय संस्थामै हो । तिनै संस्थासँग ऋण दिन पैसा नभएपछि पछिल्लो ३/४ महिना यता यो क्षेत्र अस्तव्यस्त बनेको छ । कलंकी स्थित मालपोत कार्यालयमा सोमबार जम्मा १० जना सेवाग्राही मात्रै उपस्थित थिए । ती पनि जग्गा खरीदविक्रीको लागि नभइ कोही हालसाबिक गर्न आएका थिए त कोही नामसारी गर्न आएका थिए । मालपोत बाहिर चिया पसलमा भेटिनेहरुको गुनासो भने छुट्टै थियो । कोही बैना गरेर जग्गा पास गर्न नसकेपछि थप समय मागिरहेका थिए । कोही भने निकै समस्यामा परिसकेको भन्दै जसरी पनि पैसा दिएर जग्गा पास गर्न अनुरोध गरिरहेका थिए । यो एउटा कार्यलयको मात्रै समस्या होइन । अहिले उपत्यका भित्र वा बाहिरका सबैजसो मालपोत कार्यालयमा यस्तै दृश्य देख्न सकिन्छ ।  कोरोनाको पहिलो र दोस्रो लहरमा लकडाउन हुने हल्लाले मालपोत कार्यालयमा थामी नसक्नु भीड बढेको थियो । तेस्रो लहरमा पनि संक्रमणको ग्राफ उकालो लाग्दै गर्दा भीडभाड हुनसक्ने मालपोत कार्यालयले अनुमान गरेका थिए । तर यतिबेला सेवाग्राहीको संख्या घटेको देख्दा कार्यालयका कर्मचारीहरु नै अच्चमित छन् । एक पटकमा २५ जना भन्दा बढीलाई कार्यालय प्रवेशमा रोक लगाउने योजना सहित सूचना तयार पारेपनि गेटमा टाँस्नुपर्ने गरि सेवाग्राही नै नआएको कलंकी मालपोत कार्यालयका प्रमुख हरिकृष्ण सुवेदीले अभियानलाई बताए । प्रीन्ट गरेको सूचना देखाउँदै सुवेदीले भने –‘कार्यालयमा १० जना भन्दा बढी सेवाग्राही छैनन्, अब यो सूचना टाँस्नेकी नटाँस्ने ।’ बैंकिङ क्षेत्रमा तरलता सहज नभएकाले घरजग्गा कारोबार विगत ३/४ महीनादेखि नै सुस्त छ । अन्य आर्थिक गतिविधि पनि सुस्त देखिएको बेला सरकारले फेरी लकडाउन गर्यो  भने त नेपालको अर्थतन्त्रले धान्न नसक्ने सुवेदीको बुझाइ छ । विभागको तथ्याङ्क भन्दा फरक छ कार्यालयको अवस्था उपत्यकामा पछिल्लो २ महिनामा घरजग्गाको कारोबार ४० देखि ५० प्रतिशत सम्म घटिसकेको छ । तर भूमि व्यवस्थापन तथा अभिलेख विभागको अनलाइन प्रणालीले भने केही कार्यालयको गलत तथ्याङ्क देखाएको पाइएको छ । कलंकी मालपोत कार्यालयले मंसिरमा ५६ र पुसमा ५१ करोड रुपैयाँ भन्दा बढी रजिष्ट्रेशन दस्तुर मात्रै संकलन गरेको विभागको तथ्याङ्क छ । तर मालपोतको तथ्याङ्कमा भने मंसिर र पुस दुवै महिनामा ३०/३५ करोड रुपैयाँ भन्दा बढी रजिष्ट्रेशन दस्तुर संकलन नभएको कार्यालय प्रमुख सुवेदीले बताए । भूसेवा केन्द्रले कुनै कारोबार गर्ने भनेर विभागको अनलाइन प्रणालीमा इन्ट्री गरेपछि कारोबार नभएपनि प्रणालीमा कारोबार संख्या र राजस्व देखाउछ । त्यसैले विभागको तथ्याङ्क भन्दा कारोबार संख्या र राजस्व कम संकलन भएको देखिन्छ । कहिले हट्ला घरजग्गामा मन्दी ? नेपाल आवास तथा जग्गा विकास संघका अध्यक्ष इच्छाबहादुर वाग्ले २० वर्षको व्यावसायिक यात्रामा २ पटक मात्रै यस्तो मन्दी देखेको बताउँछन् । ‘अर्थतन्त्रका सूचकहरु सबै नकारात्मक भएको बेलामा घरजग्गा व्यवसाय पनि सुस्ताएको छ ।’ वाग्लेले भने, ‘अर्थतन्त्रका अरु सूचकहरुमा सुधार नआएसम्म घरजग्गा व्यवसायमा पनि सुधार आउने सम्भावना छैन । बरु यस्तो अवस्था लम्बिदै गएमा धेरै व्यावसायीहरु समस्यामा पर्न सक्छन् ।’ अहिले समस्यामा परेका केही व्यक्तिले सस्तोमा जग्गा बेचेपनि जग्गाको मूल्यनै घटिसकेको अवस्था भने नरहेको उनको दावी छ । कसैलाई अतिनै समस्या परेको बेला हिजो पनि सस्तोमा जग्गा बेच्थे, भोलिपनि सस्तोमा जग्गा बेच्छन् । तर २/४ जनाले सस्तोमा जग्गा बेच्यो भन्दैमा समग्र घरजग्गाको मूल्य घट्यो भन्न नमिल्ने उनको भनाई छ । यो पनि पढ्नुस-घरजग्गा कारोबारमा मन्दी, कित्ताकाट भने ‍बढेको बढ्यै, ६ महीनामै १० लाख कित्ताकाट घरजग्गा कारोबारमा मन्दी : ब्याज तिर्न सस्तोमा जग्गा बेच्दै व्यवसायी, पुसमा झन घट्यो कारोबार प्लटिङले सखाप हुँदै उपत्यकाका डाँडा : डाँडा काटेर खोलानाला पुर्दै, घर नबन्ने ठाउँमा पनि प्लटिङ गर्दै काठमाडौंबाट १५ किलोमिटर टाढा रहेको गोदावरीमा किन आकासियो जग्गाको भाउ ? आनाको ५ देखि १० लाखमै जग्गा पाइने उपत्यकाका यी ठाउँ, सबैको रोजाइमा परेपनि किन छन् सुनसान ? सुक्खा बन्दरगाहले नेपालकै नं १ व्यापारिक हब बन्दै बल्खु-कलंकी क्षेत्र, न्यूरोडका ३५०० होलसेल बल्खु सर्दै धमाधम टाट पल्टिदै चिनियाँ रियल इस्टेट कम्पनी, १० वर्ष यताकै ठूलो मन्दी, नेपालको अवस्था के छ ?

सम्बन्धित सामग्री

आठबिसकोटमा नापी र मालपोत कार्यालय स्थापना

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा नापी तथा मालपोत कार्यालय स्थापना गरिएको छ । जिल्ला सदरमुकाममा रहेको कार्यालयबाट सेवा प्रवाह प्रभावकारी नभएको जनगुनासो आएपछि आठबिसकोट नगरपालिका लागि छुट्टै नापी र मालपोत कार्यालय स्थापना गरिएको हो । कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री रातो कामीले आठबिसकोटमा आयोजित एक कार्यक्रमका बीच नापी र मालपोत कार्यालयको उद्घाटन गरे ।कार्यक्रममा बोल्दै […]

बाँकेको कोहलपुरमा नापी र मालपोत कार्यालय स्थापना

बाँकेको कोहलपुरमा नापी र मालपोत कार्यालय स्थापना गरिएको छ ।कोहलपुरमा नापी र मालपोत कार्यालयको आज उद्घाटन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भूमिको समुचित प्रयोग गरेर सहकारीका माध्यमबाट रोजगारी सिर्जना गर्न सरकार योजनाबद्ध रूपमा लागेको बताइन् ।मन्त्री श्रेष्ठले कोहलपुरमा नापी र मालपोत कार्यालय स्थापना गर्न बजेट व्यवस्था नभए पनि बजेट अभाव […]

मालपोत कार्यालय धनुषाका प्रमुख घुससहित पक्राउ

मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिलकुमार झालाई अख्तियारको टोलीले सेवाग्राहीसँग लिएको ५ लाख घुससहित पक्राउ गरेको छ।...

गुल्मीको मालपोत कार्यालय छ दिन बन्द

गुल्मी । गुल्मी जिल्लाको मालपोत कार्यालय ६ दिनका लागि बन्द हुने भएको छ । केही कर्मचारीलाई कोरोना संक्रमण भएपछि माघ १७ गतेसम्मका लागि कार्यालय बन्द गरिएको हो । कार्यालयले एक सूचना जारी गर्दै आन्तरिकबाहेकका नियमित कामकाज तथा सेवाहरू बन्द रहने जानकारी दिएको छ । कार्यालयको नियमित कामकाजमा रहेका कर्मचारीहरू उच्च जोखिममा रहेको तथा सेवाग्राहीहरूसमेत जोखिममा […]

मालपोत कार्यालय अनिश्चितकालका लागि बन्द

कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएपछि मालपोत कार्यालय बागलुङको सेवा बन्द गरिएको छ । कार्यालयका चार कर्मचारीमा कोरोना पुष्टि भएको र अन्य कर्मचारीमा समेत कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि कार्यालयको अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको हो । कर्मचारीहरु आइसोलेसनमा रहेको हुँदा कार्य सम्पादनका लागि जनशक्ति अभाव भएको भन्दै मालपोत अधिकृत देवेन्द्रबहादुर थापाले आइतबार एक सूचना जारी गर्दै अनिश्चितकालका लागि कार्यालयको सेवा बन्द गरिएको जानकारी गराएका हुन् ।

अर्घाखाँचीमा कोरोनाका कारण मालपोत कार्यालय बन्द

अर्घाखाँची । मालपोत कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुखसहित अन्य कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । कार्यालय प्रमुख माधव भुसालसहित अन्य ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा माघ १३ गतेसम्म बन्द गरिएको मालपोत कार्यालय अर्घाखाँचीले जनाएको छ । कार्यालयमा नियमित कामकाजमा रहेका कर्मचारीमा उच्च जोखिममा […]

कर्मचारी संक्रमित भएपछि विराटनगरको मालपोत कार्यालय बन्द

विराटनगर, २ माघ । विराटनगरको मालपोत कार्यालय अनिश्चितकालको लागि बन्द भएको छ । कार्यालयका ६ जना कर्मचारी संक्रमित भएपछि विराटनगरस्थित भूमि सुधार तथा मालपोत कार्यालय आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको जानकारी दिँदै कार्यालयले एक सुचना जारी गरेको छ । सुचनामा अर्को सूचना प्रकाशित नभएसम्मका लागि कार्यालयको आन्तरिक कामकाज बाहेक सेवाग्राहीलाई सेवा प्रदान […]

मालपोत कार्यालय स्थानीय तहमा हस्तान्तरण नहुने

मालपोत कार्यालय स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णयबाट संघीय सरकार पछि हटेको छ । गत आर्थिक वर्षमा ६२ वटा मालपोत कार्यालय स्थानीय तहलाई हस्तान्तरण गर्ने सरकारले निर्णय गरेको थियो ।  मालपोत कार्यालय सम्पूर्ण रूपमा...

मालपोत कार्यालय काभ्रेले बार अनुसार सेवा दिने

मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकले बुधबारदेखि बारअनुसारको सेवा दिने भएको छ।