१९ कात्तिक, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री अन्वर उल हक कक्कडले शुक्रबार राति गएको भूकम्पमा नेपालको साथमा रहेको बताएका छन् । पाकिस्तानी प्रधानमन्त्री कक्कडले भनेका छन्, ‘नेपालमा गएको भूकम्पमा परी अमूल्य जीवन र सम्पत्तिको क्षति भएकाहरूका लागि प्राथना गर्दछौँ । यस दुःखद घडीमा पाकिस्तान नेपालको साथमा छ र जस्तोसुकै सहयोग गर्न तयार छ ।’ यस्तै पाकिस्तानका विदेशमन्त्री […]