काठमाडौं । नेकपा एमालेको जारी महाधिवेशनको अन्तिम दिन पत्रकारहरुलाई प्रवेश दिइने भएको छ । ‘आइतबार ११ बजेदेखि पत्रकारहरुलाई महाधिवेशन हलमा प्रवेश दिने निर्णय भएको छ’,महाधिवेशन मुल व्यवस्थापन समितिका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।आइतबार पाँच समुहका टोली नेताले सुझाव पेश गरेपछि अध्यक्ष केपी ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले उठेका प्रश्नको जवाफ दिएर महाधिवेशन सक्ने तयारी छ ।