यात्रुलाई ठग्दै आएका ३९ ट्याक्सी चालकमाथि कारबाही

काठमाडौँ– महानगरीय ट्राफिक प्रहरीले ३९ ट्याक्सी चालकलाई कारबाही गरेको छ । महानगरीय ट्राफिक प्रहरीले आज यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ट्याक्सी चालकहरूलाई कारबाही गरेको हो । विभिन्न बहानामा यात्रुहरूलाई ठग्दै आएको गुनासो बढेपछि ट्याक्सी चालकहरूमाथि ट्राफिक कडाइ गर्न थालेको छ ।