काठमाडौं । अभिनेता दयाहाङ राई शुक्रबार दोस्रो सन्तानको बाबु बनेका छन् । दयाहाङकी श्रीमती बेनुकाले शुक्रबार बिहान इशान अस्पतालमा दोस्रो सन्तानको रूपमा छोरालाई जन्म दिएकी हुन् । २०६५ सालमा विवाह गरेका उनीहरूको २०६९ सालमा पहिलो सन्तान छोरा थिए । पहिलो छोरा १० वर्षको भएपछि उनीहरूले दोस्रो सन्तानलाई जन्म दिएका हुन् ।