विश्वासको मत माग्दै प्रचण्ड पुगे देउवा निवास

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। विश्वासको मत लिने अघिल्लो दिन प्रधानमन्त्री प्रचण्ड सभापति देउवा निवास धुम्बारही पुगेका हुन्।  कांग्रेसले विश्वासको मत पक्षमा दिने कि नदिने भन्नेबारे निर्णय लिन भोलि बिहान ९ बजे संसदीय दलको बैठक डाकेको छ। प्रचण्डले मंगलबार प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्।

सम्बन्धित सामग्री

जब प्रचण्ड ओली र देउवा एकसाथ विश्वासको मत दिन उभिए

रोचक त के थियो भने  विश्वासको मत दिने समयमा प्रधानामन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा  मुस्कुराउँदै एकले अर्कोलाई हातको इसाराले विश्वसको मत दिने कक्षमा सँगै जान बोलाइरहेका थिए ।

विश्वासको मत दिएर ओली–प्रचण्डमा बिग्रहको बिउ रोप्न चाहन्छन् देउवा

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदा राष्ट्रपति निर्वाचनमा पुग्दासम्म राजनीतिक परिस्थिति आफ्नो अनुकूल हुने कांग्रेस संस्थापन पक्षका नेताहरुको दाबी छ । उनीहरुका अनुसार विश्वासको मत दिएपछि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठकमा बोलाउने छन्, जसले एमाले र माओवादी (ओली–प्रचण्ड)बीच विग्रह सुरु हुनेछ ।

अन्ततः कांग्रेस पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने पक्षमा !

काठमाडौ, पुस २६ । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने पक्षमा बहुमत देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा भर्खरै सम्पन्न पदाधिकारी बैठकमा देउवाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव राखेका थिए। देउवा समूह विश्वासको मत दिने पक्षमा उभिएपनि कांग्रेसका पदाधिकारीबीच एक मत हुन नसकेपछि केन्द्रीय कार्यसम्पादन समिति […]

विश्वासको मत दिनेबारे निर्णय गर्न धुम्बाराहीमा कांग्रेस बैठक सुरु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने वा नदिने बारे निर्णय गर्न नेपाली कांग्रेसको पदाधिकारीसहित शीर्ष नेताहरूको बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहान साढे ८ बजेदेखि

देउवा भेट्न धुम्बराही जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धुम्बराही जाँदैछन्। कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न प्रचण्ड धुम्बहारी आइपुग्ने कार्यक्रम तय भएको देउवाको सचिवालयले जनाएको छ। भोलि प्रचण्डले संसदमा विश्वासको मत लिँदैछन्। विश्वासको मत लिनु अघि प्रचण्डले आफ्नो पक्षमा मत हाल्न कांग्रेस सभापति देउवालाई अनुरोध गर्ने बताइएको छ। कांग्रेसले विश्वासको मत पक्षमा दिने…

प्रचण्ड सरकारलाई सघाउने कि सिध्याउने ? दुविधामा देउवा

काठमाडौं ।मुखमै आएको सत्ता फुत्किएपछि रन्थनिएका काँग्रेस सभापति शेरबहादुर देउवालाई फेरि अर्को दुविधाले गिजोलेको छ।अहिले देउवा प्रचण्ड नेतृत्वको सरकारलाई ढलाउने खेलमा लाग्ने कि विश्वासको मत दिने भन्ने दुविधामा देखिन्छन्। एकाथरि काँग्रेस नेताहरु राप्रपालाई प्रधानमन्त्री दिएर भएपनि एमाले र माओवादीको सत्तासमीकरण भत्काउनुपर्ने जोडमा देखिन्छन्।अर्काथरि नेताहरु भने प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सभामुख लिनुपर्ने मुडमा देखिन्छन्।

देउवाले विश्वासको मत मागेको छलफलमा ओलीले भाग लिएनन्

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत मागेको प्रस्तावमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले भाग लिएनन् ।  देउवाले राखेको प्रस्तावमा एमालेका तर्फबाट सचिव प्रदीप ज्ञवालीले सम्बोधन गरिरहेका छन् । वैशाख २७ गते केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले सम्बोधन गरेका थिए ।  देउवाले विश्वासको मत लिनका लागि बसेको प्रतिनिधि सभाको बैठकमा ओली सहभागी छन् ।

देउवा भेट्न बूढानीलकण्ठ पुगे प्रचण्ड

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।देउवालाई भेट्न प्रचण्ड अहिले साँझ ६ बजे देउवा निवास बूढानीलकण्ठ पुगेका थिए। देउवा र दाहालबीच करिब आधा घण्टा कुराकानी भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।दुई नेताबीच प्रधानमन्त्रीलाई विश्वासकाे मत नदिने तथा उपनिर्वाचनमा पनि ओली पक्षका उम्मेदवारलाई मत नदिने  विषयमा छलफल भएकाे उनले जानकारी दिए।पछिल्लो समय प्रधानमन्त्रीले विश्वासको मत लिने, राष्ट्रि