वडाध्यक्ष पक्राउ परेलगत्तै छुटे

झापा। विदेशीलाई नेपाली नागरिकता दिलाउन सिफारिस गरेको आरोपपछि फरार रहेका विर्तामोड नगरपालिका-८ का वडाध्यक्ष अजय कार्की सोमबार पक्राउ परेकै दिन धरौटीमा छुटेका छन्। दुई वर्षअघि गैरनेपालीलाई नागरिकता दिलाउन अनुसूची फाराममा हस्ताक्षरसहित सिफारिस गरेको आरोपमा वडाध्यक्ष कार्कीविरुद्ध मुद्दा दर्ता भएको थियो। अदालतबाट पक्राउ पूर्जी जारी भएपछि लामो अवधिदेखि फरार रहेका कार्कीलाई सोमबार पक्राउ परेका थिए। (रासस)

सम्बन्धित सामग्री

गैर नेपालीलाई नागरिकता दिलाएका बिर्तामोडका वडाध्यक्ष पक्राउ परेकै दिन छुटे

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि लामो अवधिदेखि फरार रहेका कार्कीलाई सोमबार चन्द्रगढीबाट पक्राउ गरिएको झापा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाले जानकारी दिए ।