सोमालियामा खडेरीका कारण १० लाख मानिस विस्थापित भएका संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।
संयुक्त राष्ट्र सङ्घीय शरणार्थी निकाय यूएनएचसीआर र नर्वेजियाली शरणार्थी परिषद् (एनआरसी) का अनुसार ७ लाख ५५ हजारभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित बनेका छन् । उनीहरू देशको सीमाभित्र रहेका छन् ।
सोमालियामा एनआरसीका कन्ट्री डाइरेक्टर मोहम्मद अब्दीले १० लाख जनसङ्ख्या विस्थापित हुनु सोमालियाका लागि ठूलो खतराको घण्टी भएको बताउनु भएको छ । उहाँले भोकमरीले अहिले सिङ्गो सोमालियालाई पिरोलेको भन्दै धेरै परिवार घरसहित सबै कु...