सुनौला हजार दिनका आमालाई पोषणयुक्त खाद्य वस्तु वितरण गर्दै पातारासी गाउँपालिका

जुम्लाको पातारासी गाउँपालिकाले सुनौला हजार दिनका आमा,बच्चा र गर्भवती आमाहरूलाई बहु क्षेत्रीय पोषण नाङ्लो प्रदर्शन तथा पोषण खाद्य वस्तु वितरण गरेको छ । गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाको आयोजनामा पोषण खाद्य वस्तु वितरण गरिएको थियो। वडा नम्बर सातको रिनी र पट्मारा गाउँका ५९ जना सुनौला हजार दिनका गर्भवती आमाहरू लाभान्वित भएको महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले बताइन् । गिरीले भनिन् -'प्रति व्यक्ति १८ केजी जुम्ली मार्सी चामल, २ केजी सिमी,१ क्यारेक्टर अण्डा,१ लिटर खाने