पर्वत : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र दुई जना बिना विभागीय मन्त्री गरेर तीन जनाले शुक्रवार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले आलोपालो गरेर मुख्यमन्त्री बन्ने तथा पहिलो अवसर कांग्रेसले पाउने सहमतिअनुसार बिहीबार कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट मुख्यमन्त्रीमा नियुक्त भएका थिए।शुक्रबार मुख्यमन्त्री पाण्डेसहित बिना विभागीय मन्त्रीद्वय सरस्वती अर्याल तिवारी र सुशीला सिम्खडाले पन