चितवनमा असिनापानी

चितवनमा भारी असिनापानी वर्षा भएको छ । हावाहुरी र चट्याङसहित परिरहेको पानीले जनजीवन प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको...

सम्बन्धित सामग्री

चितवनमा असिनापानी

चितवनमा असिनापानी परिरहेको छ । हावाहुरी र चट्याङसहित परिरहेको पानीले जनजीवन प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । महाशाखाले देशको...

हावाहुरीले रू. ४५ करोड बराबरको केरा क्षति

चितवन (अस) । गत ६ जेठमा चितवनमा परेको असिनापानी तथा हावाहुरीले ४५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । चितवन केरा उत्पादक संघ चितवनका अनुसार जिल्लामा १ हजार बिगाहामा लगाइएको केराखेती पूर्णरूपमा क्षति भएको छ । सानो ठूलो क्षेत्र गरी किसानले लगाएको केराखेतीको करीब  ८० प्रतिशतमा क्षति पुगेको संघका महासचिव जनकराज पन्तले जानकारी दिए । ‘हावाहुरीकै कारण एउटै किसानको लाखौंको क्षति भएको छ,’ पन्तले भने, ‘केही किसानले बोटको बीमा गरे पनि अधिकांश किसानले बीमा गरेका छैनन् ।’ विगतका वर्षमा हावाहुरीले आंशिक रूपमा क्षति गरे पनि अहिले बजारमा लैजान तयार भएका केराको बोटमा क्षति भएको उनले बताए । पश्चिम चितवनमा त्यति क्षति नभए पनि केराको पकड क्षेत्र मानिएको पूर्वी चितवनमा भने पूर्णरूपमा क्षति भएको संघको दाबी छ । चितवनमा ७५० जना किसानले ३ हजार ५०० बिगाहामा व्यावसायिक रूपमा केराखेती गर्दै आएका छन् । केराखेतीमा आबद्ध किसानमध्ये ३०० जनाले मात्र केराको बीमा गरेका संघको तथ्यांक छ । व्यावसायिक रुपमा रत्ननगरमा केराखेती गर्दै आएका बाबुराम भट्टको १२ बिगाहामा लगाएको केराखेती नष्ट भएको छ । बगानका ८० प्रतिशत केरा नष्ट हुँदा १५ लाख रुपैयाँ बराबरको नोक्सान भएको उनले बताए । अर्का किसान ऋषि गुरुङको १८ बिगाहामा लगाइएको केराखेती नष्ट हुँदा २० लाख रुपैयाँ बराबरको नोक्सान भएको छ । केरा बगानको ७५ प्रतिशत केरा नष्ट भएको उनले बताए । ‘केरामा लाग्ने रोगले भन्दा पनि अहिले हावाहुरी र असिनापानीले बढी क्षति गर्‍यो,’ गुरुङले भने, ‘तयार भएर बजारमा लैजान तयार हुन लागेको पनि केही बाँकी रहेन । भर्खर कोसा लाग्दै गरेको पनि सखाप भयो ।’ महासचिव पन्तको साढे २ बिगाहा क्षेत्रफल जमीनमा लगाएको केराखेती नष्ट भएको छ । केराखेती नष्ट हुँदा १२ लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए । क्षतिका कारण आफूले गरेको लगानी समेत नउठ्ने र जग्गा भाडा समेत तिर्न नसक्ने अवस्था सृजना भएको उनको भनाइ छ । रत्ननगर–५ झुवानीमा केराखेती गर्दै आएका शिवकान्त न्यौपानेको सात बिगाहामा लगाएको केराखेती नष्ट भएको छ । चितवनमा रत्ननगर, कालिका, खैरहनी, राप्ती र भरतपुरमा केराखेती हुँदै आएको छ । जिल्लामा वार्षिक ७० हजार टन  बढी अर्थात् दुई अर्ब मूल्य बराबरको केरा उत्पादन हुँदै आएको छ । जिल्लामा उत्पादन भएको केरा ७० प्रतिशत काठमाडौं उपत्यका र बाँकी ३० प्रतिशत देशका अन्य ठाउँमा विक्री हुने गरेको छ ।