प्रदेश १ सभामा बजेटमाथिको छलफल जारी

विराटनगर । प्रदेश १ सभाको सोमवारको बैठकमा सहभागी सत्तापक्षका दुई र प्रतिपक्षका दुई प्रदेशसभा सदस्यहरूले बजेटको आलोचना गरेका छन् । उनीहरूले फजुल खर्चलाई बढावा दिइएको भन्दै आलोचना गरेका हुन् । सोमवारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेपाली कांग्रेसका शेखरचन्द्र थापा, पूर्व आर्थिक मामिला तथा योजनामन्त्री एवम् नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, सत्तारूढ दलका सांसदद्वय राजेन्द्र राई र लछुमन तिवारी बजेटमाथिको छलफलमा भाग लिएका थिए । उनीहरूले कोरोना महामारी र प्राकृतिक प्रकोपको पूर्व अनुमान गरिएको समयमा प्रस्तुत भएको बजेटले स्वास्थ्य क्षेत्र र विपद् प्रतिकार्यलाई प्राथमिकतामा राख्न नसकेको टिप्पणी गरेका छन् । पूर्व आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेको भने पनि स्वास्थ्यमा अत्यन्त न्यून बजेट विनियोजन गरिएको टिप्पणी गरे । प्रदेश सरकारले आगामी आर्थिक वर्ष प्रदेशको आर्थिक वृद्धिदर ६ प्रतिशत अनुमान गर्नुलाई उनले सरकारको अज्ञानका कारण असम्भव अनुमान भएको बताए । दुई आर्थिक वर्ष ऋणात्मक भएको वृद्धिदर आर्थिक पुनरुत्थानको कार्यक्रमविना एकैपटक ६ प्रतिशत वृद्धि हुन नसक्ने भन्दै उनले त्यसलाई सच्याउन आग्रह गरे । छलफलमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य राजेन्द्र राईले विगतमा सरकार आर्थिक अनुशासनमा नबसेको भन्दै आगामी दिनमा आर्थिक अनुशासन कायम गर्नेतर्फ ध्यान दिन आग्रह गरे । सरकारले प्रस्तुत गरेको बजेटमा फजुल खर्चले प्राथमिकता पाएको, सवार साधन खरीद, तालीम लगायत कार्यक्रम, मनोरञ्जन र भोज, पूजापाठ, जप, यज्ञजस्ता कार्यक्रममा ठूलो रकम विनियोजन हुँदा विकास निर्माणका योजना ओझेलमा परेको औंल्याए । आगामी वर्षको बजेटमा पूँजीगततर्फ १० अर्ब मात्र कार्यान्वयन योग्य रहेको र बाँकी २२ अर्बको अधिकांश विनियोजन फजुल प्रकृतिको रहेको टिप्पणी गर्दै मन्त्रीहरूले बजेट नबनाउने र कर्मचारीको भर पर्ने अवस्थाले गर्दा कमजोर बजेट बन्ने गरेको बताए । नेकपा एमालेकै सांसद तिवारीले सरकारले अनुदानमा आधारित भएर कमजोर बजेट बनाएको टिप्पणी गरे । सरकारले आन्तरिक ऋण उठाएर भए पनि प्रदेशको विकासमा योगदान गर्ने अवसर सदुपयोग गर्नुपर्नेमा ऋण लिन डराएर अनुदानमा भर परेको तिवारीको भनाइ थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद थापाले विगतदेखि नै सरकारले स्रोत सुनिश्चितता नहुनेगरी हचुवाका आधारमा बजेट बनाउने गरेको आरोप लगाए । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा मुख्यमन्त्री शेरधन राईले समेत विगतमा बजेट कार्यान्वयनयोग्य बन्न नसकेको स्वीकार गरिसकेको भन्दै सांसद थापाले आगामी वर्षको बजेटले स्वास्थ्य क्षेत्र र विपद व्यवस्थापनको क्षेत्रलाई प्राथमिकता नदिएका कारण कार्यान्वयन नहुने जिकिर गरे । प्रदेश सरकार आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले आगामी वर्षका लागि ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्यसहित ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । बजेट स्वागतयोग्य, कार्यान्वयनमा चुनौती : निजीक्षेत्र यसैबीच, प्रदेश सरकारको बजेटप्रति निजीक्षेत्रले भने सकारात्मक प्रतिक्रिया दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेश समितिका उपाध्यक्ष तथा केन्द्रीय सदस्य राजेन्द्र राउतले कोभिडबाट मुलुकको आर्थिक क्षेत्र थालिएको अवस्थामा ल्याइएको बजेट भए पनि प्रायः सबै क्षेत्रलाई समेट्न खोजिएकाले स्वागतयोग्य रहेको बताए । विराटनगर विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण गर्न बजेट छुट्याइनु स्वागतयोग्य भन्दै उपाध्यक्ष राउतले विराटनगरमा एउटा शीतभण्डार निर्माण गर्ने, विदेशबाट आएका युवालाई स्वदेशमै रोजगारीको अवसर दिन मुख्यमन्त्री रोजगार कार्यक्रम, एक पालिका एक खेलकुद मैदान, प्रदेश खेलकुद बोर्डको गठन आदि बजेटका राम्रा पक्ष भएको बताए । चालू र पूँजीगत खर्च बराबर जस्तै देखिएकाले आर्थिक वृद्धिरदमा यस वर्ष पनि कम आशा गर्न सकिने प्रदेश १ सरकारको विज्ञ समूह सदस्य रहिसकेका सोम अधिकारीले बताए । बजेटको आकार वास्तविकतामा आधारित रहेको उनको भनाइ छ । बजेट खर्च गर्न सक्ने क्षमता प्रदेश सरकारमा नदेखिए पनि यस पटकको बजेटले आशा देखाएको भन्दै उनले कतिपय उल्लेख हुनैपर्ने विषय भने छुटेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले बजेटमा धेरै राम्रा कुरा भए पनि चुनौती उत्तिकै रहेको बताए । ‘गतवर्ष र यस वर्ष दुवैपटक महामारीका बीच बजेट आएको छ, पूर्वाधार विकासले मात्रै विकासको ग्रोथ बढाउन सक्छ,’ उनले भने । बजेटले समेटेका विषयलाई सम्पन्न गर्न संयन्त्र बनाएर मासिक मनिटरिङ गर्नुपर्नेमा उनले जोड दिए । स्वास्थ्य, शिक्षा, कृषिलगायतलाई बजेटले उच्च प्राथमिकतामा राखेर, मानवपूँजी विकासलाई पनि समेटेकाले बजेट स्वागतयोग्य भएको उनको प्रतिक्रिया छ । नेपाल उद्योग परिसंघ (सीएनआई)का कार्यवाहक अध्यक्ष नवलकिशोर कावराले बजेट सन्तुलित र यथार्यपरक भनेका छन् । कावराले बजेट राम्रो भए पनि त्यसको कार्यान्वयनमा परिणाम निर्भर रहने बताए ।

सम्बन्धित सामग्री

प्रदेश सभाभित्र एकल नाम 'कोशी'मा छलफल जारी, बाहिर विरोधमा नाराबाजी

विराटनगर- प्रदेश १ को प्रदेश सभाभित्र 'कोशी' प्रदेश नामकरण गर्ने एकल प्रस्तावमाथि छलफल चलिरहँदा प्रदेश सभा बाहिर भने विरोधमा नाराबाजी चलिरहेको छ । जातीय पहिचानसहितको प्रदेश नामकरण गर्न माग गर्ने समूहहरूले विरोधमा नाराबाजी गरिरहेका हुन् । प्रदेशको नाममा किराँत र लिम्बुवान जोडिनु पर्ने भन्दै उनीहरूले असहमति जनाएक...

प्रदेश १ को नामाकरण: कांग्रेसको प्रस्ताव ‘सप्तकोशी प्रदेश’

प्रदेश १ को नामाकरणका विषयमा दलहरूबीच घनिभूत छलफल जारी रहेका वेला प्रदेश १ को नामबारे नेपाली कांग्रेसले औपचारिक रुपमा नाम प्रस्ताव गरेको छ।

प्रचण्डको प्रतिवेदनमाथि छलफल जारी

नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बुधबारको बन्दसत्रमा ११ वटा समूहले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दस्तावेजमाथि आफ्नो सुझाव राखेका छन् । अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमा सुझाव दिने क्रममा प्रदेश १ का प्रतिनिधि रहेको समूहले नेपाली समाजवादको मौलिक बाटो भनेको के हो भन्दै प्रश्न उठाएका छन् ।राजनीतिक प्रतिवेदनका विषयमा टिप्पणी गर्नेक्रममा प्रदेशका प्रतिनिधिले समाजवाको मौलिक बाटोका […]

सत्ता गठबन्धनमा भागबण्डाको कसरत, वागमती र प्रदेश १ मा सरकार फेर्ने

काठमाडौं । सरकार गठनको २ महिना बितिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता नपाए पनि सत्तारुढ गठबन्धनभित्र मन्त्रालय बाँडफाँटको छलफल जारी छ । आज पनि सत्तारुढ गठबन्धनको कार्यदलमा मन्त्रालय बाँडफाँटबारे छलफल भएको छ । बालुवाटारमा भएको छलफलमा ठोस सहमति भने नजुटेको बताइएको छ । नेपाली कांग्रेसका महामन्त्री एवं सत्तारुढ कार्यदलका संयोजक पूर्णबहादुर खड्काले समग्र विषयमा छलफल जारी रहेको […]

माओवादी केन्द्रीय समिति बैठकमा प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल जारी

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठक आज दोस्रो दिन पनि जारी छ। शनिबारबाट सुरु भएको केन्द्रीय समितिको पूर्ण बैठक आइतबारै सक्ने माओवादीको तयारी छ। बैठकमा हाल अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेका प्रतिवेदनमाथि छलफल भइरहेको छ। प्रतिवेदनमाथि अहिलेसम्म प्रदेश १ बाट राम कार्की, बागमतीबाट नारायण दाहाल र गण्डकी प्रदेशबाट हितराज पाण्डेले धारणा राखेका छन्।

माओवादी केन्द्रीय समिति बैठक : प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल जारी

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को  केन्द्रीय समितिको बैठक आज दोस्रो दिन पनि जारी छ । शनिबारबाट सुरु भएको केन्द्रीय समितिको पूर्ण बैठक आइतबारै सक्ने माओवादीको तयारी छ ।दोस्रो दिनको केन्द्रीय समिति बैठकमा अध्यक्षले पेश गरेका प्रतिवेदनमाथि केन्द्रीत रहेर छलफल भइरहेको छ । समूहगत छलफलबाट आएका रिपोर्टहरूलाई सोमबार बस्ने स्थायी समिति बैठकले अनुमोदन गर्नेछ । अध्यक्षको प्रतिवेदनमाथि अहिलेसम्म प्रदेश १ बाट राम कार्की (पार्थ क्षेत्री), वागमती प्रदेशबाट नारायण दाहाल र गण्डकी प्रदेशको नेतृत्व

बागमतीका नेताहरूसँग देउवाको छलफल जारी, गण्डकीका नेताहरूसँग पनि आजै भेट्ने

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा १४ औँ महाधिवेशनबाट पुनः सभापति बन्न आफू निकटका नेताहरूसँग छलफलमा जुटेका छन् । आफ्नै निवास बुढानीलकण्ठमा सातै प्रदेशका काँग्रेसका नेताहरूलाई पालै पालो छलफलका लागि बोलाएका छन् । प्रदेश १ र २ का नेताहरूसँग छलफल गरिसकेका उनले आइतबार बागमती प्रदेशका नेताहरूलाई बोलाएका छन् । अहिले बागमती प्रदेशका नेताहरूसँग […]

प्रदेश १ को नाम ‘कोसी’ राख्ने विषयमा छलफल जारी

मोरङ क्षेत्र ३ (क)का प्रदेश सभा सदस्य मानबहादुर लिम्बूका अनुसार प्रदेशको नाम ‘कोसी’ प्रदेश राख्ने प्रस्तावमाथि छलफल भइरहेको छ।