चितवनको भरतपुर महानगर–१ मा गठबन्धन विजयी

चितवन– भरतपुर महानगरपालिकाको वडा नं १ मा गठबन्धनबाट वडाध्यक्षको उम्मेदवार नेपाली कांग्रेसका केशव महर्जन विजयी भएका छन् ।  महर्जनले एक हजार ३९० मत प्राप्त गरेकोमा उनका निकटतम प्रतिस्पर्धी शुक्रकुमार श्रेष्ठले एक हजार ३१३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  उक्त वडामा तीन हजार २७७ मत खसेको थियो । वडा नं १ […]

सम्बन्धित सामग्री

चितवनमा एमाले भर्सेस ५ दलीय गठबन्धन, यस्तो छ अंकगणित

२०७४ को निर्वाचनलाई आधारमा चितवनमा सबैभन्दा ठुलो दल नेकपा एमाले भएको थियो । एमालेले गत निर्वाचनमा चितवनको ७ वटा स्थानीय तहमध्ये ४ वटा स्थानीय तहमा पालिका प्रमुख र उपप्रमुख पद जितेको थियो भने एउटामा पालिकामा उपप्रमुख पद जितेको थियो । यस्तै एउटा पालिकामा काँग्रेस–माओवादी केन्द्रको गठबन्धन विजयी भएको थियो । उक्त गठबन्धनबाट माओवादी केन्द्रले चितवनको भरतपुर महानगरपालिकाको प्रमुख र काँग्रेसले उपप्रमुख पदमा जितेको थियो ।चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा काँग्रेसले दुवै पदमा जितेको थि