‘हामी सुध्रिएनौं भने भारतको जस्तै हालत हुन्छ’

बीबीसी। कोरोना नियन्त्रण गर्न सकिएन भने आफ्नो हालत भारतको जस्तै हुने पाकिस्तानी प्रधानमन्त्री इमरान खानले चेतावनी दिएका छन्। सरकारले दिएको निर्देशन कडाइका साथ पालना गर्न उनले शुक्रबार जनतासँग अनुरोध गरे। उनले कोरोना संक्रमण थप फैलन नदिन सेना र अन्य संस्थासँग मद्दतका लागि अनुरोध पनि गरे।खानले भने, ‘मास्कमात्रै लगाउने हो भने पनि कोरोना आधा नियन्त्रण हुन्छ।’