यो साता बजार घट्दा ८ कम्पनीको मूल्य १३ प्रतिशतभन्दा धेरै बढ्यो

९ चैत, काठमाडौं । गत साता २०८० अंकमा रहेको सेयर बजार यो साता २०४८ अंकमा झरेको छ । यो साता नेप्से १.५३ प्रतिशत घटेको छ । गत साता २.४६ प्रतिशत बढेको थियो । यो साता पाँचै दिन कारोबार भयो । पहिलो दिन आइतबार १०.६२ अंक घटेको नेप्से सोमबार ३ अंक बढ्यो भने मंगलबार ६.२४ घट्यो […]

सम्बन्धित सामग्री

यो साता माइक्रोफाइनान्स ७.६ प्रतिशत बढ्यो, यी हुन् मूल्य धेरै बढेका कम्पनी

दुई साता लगातार बढेको बजार अन्तिमतिर ओरालो लागेका कारण केही ‘करेक्सन’ लम्बिन सक्ने अनुमान छ । बजार बढ्दा कारोबार रकम पनि उल्लेख्य देखिन्छ ।

साताको सेयर समीक्षा : हाइड्रोपावरमा कम गिरावट, ४ कम्पनीको मूल्य ३३ प्रतिशत बढ्यो

१३ पुस, काठमाडौं । सोमबार र मंगलबार सार्वजनिक बिदा थपिँदा यो साता सेयर बजार जम्मा ३ दिन मात्रै खुल्यो । खुलेका तीनै दिन बजार घट्यो । आइतबार २१, बुधबार १८ र बिहीबार करिब २ अंक घट्यो । गत साता नेप्से परिसूचक २१०९ अंकमा बन्द भएको थियो । यो साता २०६८ अंकमा कायम भएको छ । […]

साताको सुन बजार : बढ्यो मूल्य

काठमाडौं : स्थानीय बजारमा यो साता सुनको मूल्य प्रति १० ग्राम १ हजार ३७० रुपैयाँले बढेको छ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार साताको पहिलो दिन आइतवार प्रति १० ग्राम १ लाख ७४० रुपैयाँमा कारोबार भएको थियो। शुक्रवार १ लाख २ हजार ११० रुपैयाँमा सुन कारोबार भएको छ।स्थिर रहेको सुनको मूल्य साताको दोस्रो दिन सोमवार बढेर त्यसपछि दुई दिन केही घटे पनि बिहीवारदेखि फेरि उकालो लागेको थियो।महासङ्घका अनुसार यो साता पनि विश्व बजारमा सुनको मूल्य बढेको छ। अमेरिकी रिजर्भ बैंक फेडले ब्याजदर कटौती गर्न

बीमा समूहमा उत्साह, यी हुन् धेरै मूल्य बढेका ५ कम्पनी

काठमाडौं । गत साता १८५८ अंकमा रहेर बन्द भएको सेयर बजार यो साता १८५२ अंकमा झरेको छ । आइतबार ७, सोमबार ४ र मंगलबार १० अंक घटेको बजार बुधबार ३ र बिहीबार १० अंकले बढ्यो । यो साताको पछिल्ला दुई दिन बजार सकारात्मक भएसँगै आगामी साता पनि त्यसले निरन्तरता पाउने अपेक्षा लगानीकर्ताको छ । गत […]

भाइमसलादेखि झिलिमिली बत्तीको मूल्य बढ्यो, आयात प्रतिबन्धले व्यवसायी निराश

तिहारलक्षित उपभोग्य सामग्रीको बजार मूल्य बढेको छ । तिहार आउन एक साता मात्र बाँकी रहँदा बजारमा भाइमसलादेखि झिलिमिली बत्तीको माग बढ्न थालेको छ । तर, आयातमा लगाइएको प्रतिबन्धले पर्याप्त सामान नपाउँदा मूल्य...

यो साता पहिलो पटक बढ्यो सेयर बजार, १२.५७ अंकको वृद्धि

२ असार, काठमाडौं । बिहीबार सेयर बजार १२.५७ अंकले बढेको छ । यो साता पहिलो पटक बढेको बजारमा निर्जीवन बीमा र लगानी उपसमूहको मूल्य घट्दा अन्य, व्यापार र वित्त उपसमूहका लगानीकर्ताले धेरै कमाए । बिहीबार बजार १९७८.९४ बिन्दुमा पुगेर रोकिएको छ । बिहीबार कुल २२१ कम्पनीको २५ हजार ५८५ वटा कारोबारबाट ३५ लाख ९४ हजार […]

यो साता बजार सकारात्मक : डेढ खर्बले बढ्यो कुल बजारपूूँजीकरण

वैशाख ३१, काठमाडौं । लगानीकर्ताहरुको मनोबलका आधारमा उचारचढाब आउँने धितोपत्र बजार यो साता सकारात्मक देखिएको छ । स्थानीय चुनावका कारण बजारमा तरलता सहज हुने विश्वास र जेठमा ब्याजदर नबढ्ने भएसँगै यो साता लगानीकर्ताहरुको मनोबल बढेको देखियो । साथै बजार निरन्तर घटेर २ हजार २२५ को विन्दुमा झरिसकेको अवस्थामा लगानीकर्ताहरु सस्तोमा शेयर किन्न उत्साहित बनेकाले पनि यो साता बजारमा सकारात्मक प्रभाव परेको हो । गत साता २ हजार २३८ दशमलव ६२ विन्दुमा रहेको नेप्से परिसूचक यो साता १११ दशमलव ८० अंकले बढेर २ हजार ३५० दशमलव ४२ विन्दुमा पुगेको छ । यो साता पाँच कारोबार दिनमा चार दिन लगातार बढेको नेप्से परिसूचक पाँचौ दिनमा भने करेक्सन आएको छ । चार दिन निरन्तर बढेको बजारबाट नाफा बुक गर्ने हाबी हुँदा पाँचौ दिन बजारमा करेक्सन देखिनुलाई लगानीकर्ताहरुले सकारात्मक रुपमा लिएका छन् । अनुभवि लगानीकर्ताहरुले बैंकहरुको व्याजदर नबढ्नु र स्थानीय निर्वाचन पछि बजारमा तरलता भित्रिने सम्भावना रहेकाले आगामी दिनमा पनि बजार अझै माथी जाने विश्वास व्यक्त गरेका छन् । यो साता नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि २१ दशमलव ४१ अंकले बढेको छ । गत साता ४३२ दशमलव ५५ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४५३ दशमलव ९६ विन्दुमा पुगेको हो । यो साता पाँच कारोबार दिनमा रू. ८ अर्ब ५६ करोड ६१ लाखभन्दा बढीको २ करोड ५ लाख ५६ हजार ६५४ कित्ता धितोपत्र खरीदविक्री भएको छ । गत साता तीन कारोबार दिनमा रू. ४ अर्ब ३४ करोड ७२ लाखभन्दा बढीको १ करोड २२ लाख ५५ हजार ८६७ कित्ता धितोपत्र खरीद विक्री भएको थियो । चार दिन निरन्तर बढेको बजारमा यो साता लगानीकर्ताहरुको कुल सम्पत्तिको मूल्य रू. १ खर्ब ५८ अर्ब ७८ करोड ७४ लाखले बढेको छ । गत साता रू. ३१ खर्ब ८४ अर्ब ७६ करोड ९५ लाख रहेको कुल बजार पूँजीकरण यो साता रू. ३३ खर्ब ४३ अर्ब ५५ करोड ६९ लाख पुगेको हो । यो साता वित्त समूहका लगानीकर्ताले सर्वाधिक कमाए गत साता सर्वाधिक गुमाएका वित्त समूहका लगानीकर्ताहरुले यो साता सर्वाधिक कमाएका छन् । अघिल्लो साताको तुलनामा गत साता सर्वाधिक ८ दशमलव ९४ प्रतिशतले घटेको वित्त समूहको उपसूचक यो साता भने सर्वाधिक १० दशमलव ९६ प्रतिशत बढेको छ । वित्त समूहसँगै यो साता जलविद्युत समूहको उपसूचक पनि १० दशमलव २७ प्रतिशत वृद्धि भएको छ । त्यस्तै यो साता अन्य समूहको ७ दशमलव २७ प्रतिशत, विकास बैंकको ६ दशमलव ६१ प्रतिशत, लगानी समूहको ५ दशमलव ५३ प्रतिशत, लघुवित्त समूहको ४ दशमलव ९५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ४ दशमलव ७३ प्रतिशत, होटल्स तथा पर्यटन समूहको ३ दशमलव ७७ प्रतिशत, बैंकिङ समूहको ३ दशमलव ६८ प्रतिशत, निर्जीवन बीमा समूहको ३ दशमलव ५१ प्रतिशत, व्यापारिक समूहको २ दशमलव २८ प्रतिशत, जीवन बीमा समूहको १ दशमलव ३१ प्रतिशत र म्युचुअल फण्ड समूहको उपसूचक १ दशमलव शून्य ५ प्रतिशत बढेको छ । यो साता सबै समूहगत उपसूचहरु गत साताको तुलनामा बढेका हुन् । साताको बजारका सूचकहरुको अवस्था :                                                      स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताव्यापी समूहगत उपसूचकमा आएको परितर्वन :                                                      स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

एक महिनामै प्रतिकिलो ३६ रुपैयाँसम्म बढ्यो डण्डीको मूल्य

२५ फागुन, काठमाडौं । बजारमा डण्डीको मूल्यमा उच्च दरमा वृद्धि भएको छ । एक महिनामा प्रतिकिलो ३६ रुपैयाँसम्म मूल्य बढेको हो । गत माघमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुमगनमा डण्डीको मूल्य प्रतिकिलो ८८ रुपैयाँ थियो । तर, फागुनको तेस्रो साता सकिंदा बजारमा डण्डीको मूल्य १२४ रुपैयाँ पुगेको पाइएको छ । एक […]

तरकारीको भाउ अचाक्ली, केमा बढ्यो कति ?

दुई सातायता तरकारी भाउ अचाक्ली बढेको छ । चाडपर्व नजिकिएसँगै तरकारीको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बजारमा केही तरकारीको मूल्य शतप्रतिशत बढेको छ ।भदौको अन्तिम साता थोकमा प्रतिकेजी १५/२० रुपियाँ रहेको गोलभेँडा असोजको दोस्रो साता ३८ रुपियाँ पुुगेको छ भने आलु रातो ४५ रहेकोमा अहिले ६० रुपियाँ पुगेको समितिले जनाएको छ ।समितिका अनुुसार तुनेबोडी प्रतिकेजी ६५ रुपियाँबाट १३० रुपियाँ, घिरौँला प्रतिकेजी ४५ बाट ८० रुपियाँ घिउसिमी ७५ रुपियाँबाट १३० रुपियाँ भिन्डी प्रतिकेजी ४० बाट

मासुको मूल्य बढ्यो, खाद्यान्न र तरकारीको भाउ के भयो ?

७ फागुन, काठमाडौं । यो साता बजारमा प्रमुख हरियो तरकारी र चामलको मूल्य केही घटेको पाइएको छ । व्यापारीहरुले एकलौटी रुपमा बढाएको चामलको भाउ प्रतिकिलो ५ रुपैयाँले घटेको नेपाल खुद्रा ब्यापार संघले जनाएको छ । यस्तै हरियो तरकारीको भाउ कम्तिमा ४ देखि बढीमा ३५ रुपैयाँले प्रतिकिलो मै घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले […]