सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन अन्त्य

दुई वटा कानुन बनाउँदै सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन सकिएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको हिउँदे अधिवेशन सकिएको हो ।प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखले पठाउनु भएको पत्र सभामुख अर्जनबहादुर थापाले पढेर सदनलाई सुनाएका थिए । प्रदेश सभाको हिउँदे अधिवेशन चैत १३ गतेबाट सुरु भएको थियो । कानुन बनाउनेअधिवेशनको रुपमा लिइने गरेको हिउँदे अधिवेशनमा जम्मा दुई वटा विधेयक पारित गरिएको छ । हिउँदे अधिवेशनले सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७७ संशोधन गर

सम्बन्धित सामग्री

१३ दिनमै सुदूरपश्चिमको अधिवेशन अन्त्य

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । अधिवेशन सुरु भएको १३ दिनमै हिउँदे अधिवेशनको अन्त्य गरिएको हो । चैत १३ गतेबाट सुरु भएको प्रदेशसभाको हिउँदे अधिवेशनमा जम्मा पाँच वटा बैठक बसेको प्रदेशसभा सचिवालयले जनाएको छ । कानुन अधिवेशनको रुपमा लिइने हिउँदे अधिवेशनमा जम्मा दुई वटा विधेयक पारित भएको सचिवालयले जनाएको छ । […]

सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन सकियो

सुदूरपश्चिम प्रदेशसभाको नवौं अर्थात् हिउँदे अधिवेशन अन्त्य भएको छ। शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको हो। प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखले पठाउनु भएको पत्र सभामुख अर्जुनबहादुर थापाले पढेर सदनलाई सुनाउनुभयो। प्रदेश सभाको हिउँदे अधिवेशन चैत १३ गतेबाट सुरु भएको थियो। यो अधिवेशनमा जम्मा पाँच वटा बैठक बसेको सभामुख थापाले जानकारी दिनुभयो। कानुन बनाउने अधिवेशनको रुपमा लिइने गरेको हिउँदे अधिवेशनमा जम्मा दुई वटा विधेयक पारित गरिएको छ।

सुदूरपश्चिम प्रदेशमा वर्षे अधिवेशन सुरू गर्ने बेलामा बल्ल हिउँदे अधिवेशन सुरू

काठमाडौं । हिउँदे अधिवेशन अन्त्य गर्नुपर्ने बेलामा सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन बल्ल सुरू भएको छ । गत असोजमा वर्षे अधिवेशन अन्त्य गरिएको थियो । दुई वटा अधिवेशनबीच ६ महिना भन्दा बढी समयको अन्तराल हुन नहुने संवैधानिक बाध्यता पूरा गर्नका लाग मात्रै आइतबारदेखि अधिवेशन सुरू गरिएको छ । हिउँदे अधिवेशनमा छलफल गर्नुपर्ने विषय नै नभएपछि औपचारिकता […]

सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

सुदूरपश्चिम प्रदेशसभामा पाँचौं तथा हिउँदे अधिवेशन अन्त्य भएको छ । मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सर्मिला कुमारी पन्तले आइतबार राति १२ बजेदेखि अधिवेशन अन्त्य भएको घोषणा गरेकी हुन् । कोरोना भाइरस (कोभिड–१९) का कारण लकडाउन रहेकाले बैठक बस्न नसक्ने भएको हुनाले आइतबार नै सबै सांसद्हरुलाई एसएमएस गरेर प्रदेश सभा सचिवालयले हिउँदो अधिवेशन अन्त्य भएको जानकारी गराएको छ ।

प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य, जानकारी एसएमएसबाट

सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख