सांसदको माग, अनलाईन खेल बन्द गरियोस्

काठमाडौं।सांसद आशा कुमारी विकले तत्काल अनलाईन खेल बन्द गर्न माग गरेकी छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले पछिल्लो समय इन्टरनेटको प्रयोग बढ्नु सुखद भएपनि पब्जी र फिरफायर जस्ता खेलको कुलतमा बालबालिका र युवा परेको बताइन्। उनीहरु डराउने झस्कने तथा जिद्दिपन जस्ता स्वभाव बढेको बताउँदै उनले बच्चाको स्वभावले आमाबाबुलाई समेत असर पर्ने बताइन्। उनले भनिन्, “अभिवावक न्याय खोज्दै अदालत जाने अवस्था नआउनेस्।’

सम्बन्धित सामग्री

मधेश प्रदेश : सशर्त बजेटमा भएको गडबडीको छानबिन गर्न सत्तापक्षकै सांसदको माग

जनकपुरधाम । मधेश सरकारले स्थानीय तहमा सशर्त बजेट पठाउन कमिशनको खेल भएको विषयमा छानबिन गर्न सत्तापक्षकै सांसदले माग गरेका छन् । सत्तारुढ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद उपेन्द्र महतोले सशर्त बजेट पठाउन भएको गडबडीको छानविन गर्न समिति गठन गर्न माग गरेका हुन् । आजको प्रदेशसभा बैठकमा उनले भने, ’प्रतिपक्षी दलका साथीहरुले विचौलियाको विषयमा आवाज उठाएपछि […]