माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनका उम्मेदवार टुंगो लगायो

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारहरूको नाम टुङ्गो लगाएको छ । माओवादीको केन्द्रीय समिति बैठकले उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिए पछि प्रदेश २ का लागि उर्मिला अर्याल, गण्डकी प्रदेशमा सुरेश आलेमगर (अन्य समूह) र भरत सुनार (दलित) उम्मेदवार बनाएको छ ।