वाग्मती प्रदेश सरकारले ‘प्रदेश युवा नीति–२०७९’को मस्यौदा तयार पारेको छ । युवालाई प्रदेश विकासको मूलप्रवाहमा ल्याई सामाजिक न्याय, मानवीय, आर्थिक र भौतिक विकास सुनिश्चित गर्न युवाको गुणात्मक क्षमता विकास गरी गतिशीलता र सिर्जनशीलताको पर्यायका रुपमा स्थापित गर्नका लागि नीतिको मस्यौदा तयार पारेको हो । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयले तयार पारेको नीतिका बारेमा आज सरोकारवालाबीच छलफल गरिएको छ । छलफलमा युवामन्त्री रत्न ढकालले युवा नीतिलाई युवाका विकासको संवाहकको रुपमा तयार