फागुनभित्र ‘इम्बोस्ड नम्बर’ नराख्ने सरकारी सवारीसाधनलाई कारबाही

काठमाडौं : यातायात व्यवस्था विभागले फागुन मसान्तसम्ममा ‘इम्बोस्ड नम्बर’ जडान गर्न सरकारी सवारीसाधनलाई निर्देशन दिएको छ । चैत महिनाबाट इम्बोस्ड नम्बर जडान नगेरका सरकारी सवारीसाधन सडकमा देखिए सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार  दुई हजार जरिवाना गर्ने विभागले जनाएको छ ।सरकारी गाडीहरुले १० वर्षसम्म पनि कर नतिरेपछि इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिइएको विभागका महानिर्देशक डा टोकराज पाण्डेले बताए। ‘सरकारी गाडीको कर १० वर्षसम्म पनि नउठेपछि कर उठाउने माध्यमका रूपमा