ओली–नेपाल वार्ता : एमाले विवाद हल गर्न १० सदस्यीय कार्यदल गठन

नेकपा एमालेको विवाद हल गर्न १० सदस्यीय कार्यदल गठन भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार सिंहदरबारमा भएको वार्तामा कार्यदल बनाउने सहमति जुटेको हो ।