काठमाडौँ : चलचित्र विकास बोर्डको आयोजनामा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान २०८०’ सम्पन्न भएको छ।राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘दीर्घ साधना सम्मान’ विसं २०७८ अभिनेत्री लक्ष्मी गिरी र ‘दीर्घ साधना सम्मान’ २०८० अभिनेता शिव श्रेष्ठलाई प्रदान गरे। उनीहरू दुवै जनालाई जनही ३ लाख ७५ हजार रुपैयाँसहित सम्मान गरिएको हो।चलचित्र पुरस्कारतर्फ अभिनेता हरिवंश आचार्य (महापुरुष), अभिनेत्री दीया मास्के (प्र