असंवैधानिक कदमका विरुद्ध रुकुम त्रिवेणीमा राष्ट्रिय जनमोर्चाको कोणसभा

गिरीप्रसाद बुढा/मुसीकोट ।। राष्ट्रिय जनमोर्चा रुकुम पश्चिमको आयोजनामा रुकुम जिल्लाको त्रिवेणी गाउँपालिकामा सञ्चालित घरदैलो तथा जनभेटघाट कार्यक्रमअन्तर्गत झुलनेटा बजारमा कोणसभाको कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गरौँ, ओली सरकारको असंवैधानिक कदम, भ्रष्टाचार र सङ्घीयताको विरोध गरौँ मूल नाराको साथ २०७७ माघ २५ गते सम्पन्न उक्त कोणसभा कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज रत्नविक्रम राना प्यासी र राष्ट्रिय जनमोर्चा रुकुम पश्चिमका अध्यक्ष गिरीप्रसाद बुढाले मन्तव्य राख्नुभएको थियो । मन्तव्यको क्रममा प्रमुख वक्ता रत्नविक्रम राना प्यासीले वर्तमान ओली सरकारको असंवैधानिक कदमले देशको राजनीति द्वन्द्वको बाटोमा अगाडि बढ्न थालेको हुँदा सम्पूर्ण जनता बेलैमा सचेत हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो । मन्तव्यको क्रममा उहाँले सङ्घीयताको खारेजी तथा राष्ट्रियता, गणतन्त्र, र धर्म निरपेक्षताको रक्षाका लागि एकजुट हुन पनि आम जनसमुदायलाई आह्वान गर्नुभो । जनभेटघाट तथा पर्चा वितरणसँगै सम्पन्न उक्त कोणसभामा राष्ट्रिय जनमोर्चा रुकुम पश्चिमका सचिव खड्कसिं खड्का तथा उपाध्यक्ष तुलबहादुर खत्रीको समेत आतिथ्यता रहेको थियो ।

सम्बन्धित सामग्री

रुकुम पश्चिमकाे मुसिकाेटमा महोत्सव सुरु

रुकुम पश्चिम – रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा 'रुकुम कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव' सुरु भउकाे छ । मुसिकोट नगरपालिका–१ काे बराहटाकुरामा शुक्रवार महोत्सवको उद्घाटन भएको हो ।  'रुकुम पश्चिम समृद्धिको आधार, कला संस्कृति, पर्यटन विकास र उद्योग व्यापार' भन्ने मूल नाराका साथ राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान रुकुम पश्चिमको आयोजना र कला संस्कृति पर्यटन प्रवर्धन मञ्च रुकुम पश्चिमको सह–आयोजनामा महोत्सव सुरु भएकाे हो । महोत्सवको एक कार्यक्रमबीच मुसिकोटका...

रुकुम पश्चिममा अर्थमन्त्री शर्मासहित सबै माओवादी उम्मेदवार विजयी

रुकुम – अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट संयुक्त उम्मेदवार रहनुभएका नेकपा माओवादी केन्द्रका नेता शर्माले नेकपा एमालेका नन्दराम देवकोटालाई पराजित गर्नुभएको हो ।  मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीका अनुसार शर्माले ३९ हजार पाँच सय ४९ मत र उहाँका प्रतिस्पर्धी एमाले उम्मेदवार देवकोटाले १२ हजार नौ सय ६१ मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ रुकुम पश्चिममा कूल ५७ हजार दुई सय ९५ सदर मत खसेका थिए ।  राष्ट्रिय प्रज...

धनुषा र रुकुम पश्चिममा राप्रपा उम्मेदवारमाथि आक्रमण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न स्थानीय तह निर्वाचनमा धनुषा र रुकुम पश्चिममा आफ्नो पार्टीका उम्मेदवारहरुमाथि आक्रमण गरिएको बताएको छ । सोमबार राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले विज्ञप्ति जारी गर्दै धनुषामा आफ्ना उम्मेदवारमाथि एमालबाट रुकुम पीश्चममा माओवादीबाट आक्रमण भएको भन्दै आपत्ति जनाउनुभएको छ । विज्ञप्तिमा धनुषा जिल्लाको सबैला नगरपालिका वडा नं ४ का राप्रपाका वडा …

रुकुम पश्चिममा २३ सय किसानको पूरा विवरण सङ्कलन हुने

रुकुम पश्चिम – आउँदो वैशाख ६ गतेदेखि सुरु हुने राष्ट्रिय कृषि गणना २०७८ मा रुकुम पश्चिमका २३ सय किसानको पूरा विवरण सङ्कलन हुने भएको छ । जिल्लाभर ९३ वटा कृषि गणना क्षेत्र तोकेर २३ सय किसानको पूरा विवरण सङ्कलन गर्न थालिएको हो ।  जिल्ला कृषि गणना कार्यालय रुकुम पश्चिमले हिजो बिहीवार मुसिकोटमा गरेको कृषि गणनासम्बन्धी सचेतना गोष्ठीमा यसबारे जानकारी दिइएको हो । कार्यालयका प्रमुख ठाकुरप्रसाद लामिछानेले पहिलो चरणमा १६/१७ हजार किसानको सूचीकरण गरिने तर २३ सय किसानको पूरा विवरण सङ्कलन हुने जानकारी दिनुभयो । उ...

रुकुम पूर्वमा पुनः हिमपात, जनजीवन अस्तव्यस्त

रुकुम पूर्व । रुकुम पूर्वमा पुनः हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । पहिले परेको हिउँ पूर्ण रूपमा बिलाउन नपाउँदै बिहीबार रातिदेखि पुनः हिमपात भएको हो । हिमपातले लेकाली बस्ती सेताम्य भएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेको छ । पटकपटक हिमपात भएपछि बाली सप्रिने आशाले किसान भने खुसी भएका छन् । पुसमा बाक्लो हिउँ […] The post रुकुम पूर्वमा पुनः हिमपात, जनजीवन अस्तव्यस्त appeared first on राजधानी राष्ट्रिय दैनिक.

बागलुङ –रुकुम (पूर्व) सिमा विवाद पेचिलो बन्दै

बागलुङ । बागलुङ र रुकुम (पूर्व) को सिमा विवाद पेचिलो बन्दै गएको छ । दुई जिल्लाको प्रशासनिक तथा राजनीतिक तहबाट सिमा विवाद टुङ्गो समाधान नभएपछि विवाद टुंगो लगाउने जिम्मा प्रदेश सरकारलाई प्रदान गरिएको हो । बागलुङ र रुकुमको सिमाना पातीहाल्नेमा सिमा विवाद छ । जिल्ला तहका विभिन्न चरणका छलफलबाट टुंगो नलागेकाले जिल्ला समन्वय समिति बागलुङले […] The post बागलुङ –रुकुम (पूर्व) सिमा विवाद पेचिलो बन्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कर्णालीका पाँच जिल्लामा मात्र राष्ट्रिय प्रसारण लाइनको पहुँच

कर्णाली प्रदेशका १० मध्ये पाँच जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन्। सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम (पश्चिम)मा मात्र राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ।

रुकुम मुसिकोटमा राष्ट्रिय जनमोर्चाको कोणसभा

गिरीप्रसाद बुढा/मुसिकोट ।। राष्ट्रिय जनमोर्चा रुकुम पश्चिमको आयोजनामा रुकुम जिल्लाको सदरमुकाम मुसिकोट खलङ्गा बजारमा आज माघ २७ गते कोणसभाको कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गरौँ, ओली सरकारको असंवैधानिक कदम, भ्रष्टाचार र सङ्घीयताको विरोध गरौँ मूल नाराका साथ सम्पन्न उक्त कोणसभामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज रत्नविक्रम राना प्यासी र राष्ट्रिय जनमोर्चा रुकुम पश्चिमका अध्यक्ष गिरीप्रसाद बुढाले मन्तब्य राख्नुभएको थियो । मन्तव्यको क्रममा रत्नविक्रम राना प्यासीले नेपालको राजनीतिमा विदेशी साम्राज्यवादी शक्तिहरूको चलखेल बढ्ने गरेकाले राष्ट्रियताको रक्षा गर्न साम्राज्यवादको विरुद्धमा सबैले आवाज उठाउनुपर्छ भन्दै वर्तमान ओली सरकारको असंवैधानिक कदम तथा प्रतिगमन नसच्चिएमा संयुक्त आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले सङ्घीयताको खारेजी तथा राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षाका लागि एकजुट हुनका लागि आम जनसमुदायलाई आह्वान गर्नुभएको थियो । जनभेटघाट तथा पर्चा वितरणपश्चात् सुरु भएको कोणसभामा राष्ट्रिय जनमोर्चा रुकुम पश्चिमका सचिव खड्कसिं खड्का, कोषाध्यक्ष सत्यनारायण श्रेष्ठ र उपाध्यक्ष तुलबहादुर खत्रीको समेत आतिथ्यता रहेको थियो ।

रुकुममा राष्ट्रिय जनमोर्चाको विरोधसभा

गिरीप्रसाद बुढा/मुसिकोट । राष्ट्रिय जनमोर्चा रुकुम पश्चिमको आयोजनामा रुकुम जिल्लाको त्रिवेणी गाउँपालिकामा सञ्चालित घरदैलो तथा जनभेटघाट कार्यक्रमअन्तर्गत तेस्रो दिन माघ २६ गत सिम्रुतु बजारमा कोणसभाको कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गरौँ, ओली सरकारको असंवैधानिक कदम, भ्रष्टाचार र सङ्घीयताको विरोध गरौँ मूल नाराको साथ सम्पन्न उक्त कोणसभामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज रत्नविक्रम राना प्यासी र राष्ट्रिय जनमोर्चा रुकुम पश्चिमका अध्यक्ष गिरीप्रसाद बुढाले मन्तब्य राख्नुभएको थियो । मन्तव्यको क्रममा बोल्दै वक्ता रत्नविक्रम राना प्यासीले वर्तमान ओली सरकारको असंवैधानिक कदम तथा प्रतिगमन नसच्चिएमा संयुक्त आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने आवश्यकता रहेको कुरा व्यक्त गर्दै सङ्घीयताको खारेजी तथा राष्ट्रियता, गणतन्त्र, र धर्म निरपेक्षताको रक्षाका लागि सबै एकजुट हुन आह्वान गर्नुभएको थियो । जनभेटघाट तथा पर्चा वितरणपश्चात् सम्पन्न कोणसभामा राष्ट्रिय जनमोर्चा रुकुम पश्चिमका सचिव खड्कसिं खड्का तथा उपाध्यक्ष तुलबहादुर खत्रीको समेत आतिथ्यता रहेको थियो ।