भारत भ्रमणमा रहेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले मंगलबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग भेटवार्ता गरेकी छन् । भेटमा दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउने विषयमा कुराकानी भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।