वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो कागजी बाकस अमेरिकामा चिनियाँ खानाको पहिचान बनेको छ । एकै टुक्रा कागजलाई विशेष तरिकाले मोडेर बनाइने यो बाकसको इतिहास अमेरिकी आविष्कार, चिनियाँ आप्रवासन र खानपान संस्कृतिसँग जोडिएको छ । यस बाकसको अवधारणा सन् १८९४ मा सुरु भएको मानिन्छ । अमेरिकी आविष्कारक फ्रेडरिक वीक्स विल्कोक्सले त्यस […]
यमन । यमनको दक्षिणी बन्दरगाह शहर अदनस्थित राष्ट्रपतीय भवन परिसरलाई लक्षित गरी हुथी विद्रोही समूहले गरेको भीषण क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमन सरकारको अस्थायी मुकाम रहेको ‘अल–माशिक’ दरबार परिसरमा बिहीबार उक्त हमला भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । यमनका […]
काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक १ देखि ३ गतेसम्म नाका खुल्ने उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयले आज जारी गरेको ‘प्रेस नोट’ अनुसार मालवाहक सवारीसाधनलाई मात्र उक्त नाकाबाट आवतजावतको अनुमति दिइएको छ ।
काठमाडौँ । धनुषा जिल्ला प्रशासनले विजयादशमी, दीपावली तथा छठ पर्वलाई लक्षित गरी जिल्लाभर एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । चाडपर्वका समयमा सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ बनाउन जिल्लास्थित सुरक्षा निकायका अतिरिक्त गण र बाहिनीबाट समेत थप सुरक्षाकर्मी झिकाएर परिचालन गरिएको हो । जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले […]