राष्ट्रपति पौडेलद्वारा तीन अध्यादेश जारीराष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तीन वटा अध्यादेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ आज […]
काठमाडौं- दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरको नेपाल भ्रमण सम्पन्न भएको छ । विशेष दूतले आफ्नो नेपाल भ्रमण “अत्यन्तै फलदायी” भएको बताएका छन् । उनी केही बेरमा भारतको राजधानी नयाँ दिल्ली फर्कने कार्यक्रम छ । नेपाल भ्रमणका क्रममा गोरले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाल […]
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेसँगै एकसाथ १५० निकायका करिब ११०० पद खाली हुने भएको छ । राष्ट्रपतिबाट जारी अध्यादेश राजपत्रमा प्रकाशित हुनासाथ एकैसाथ ११०० पद खाली भएको मानिनेछ । यसमा पर्ने निकायहरूमा विश्वविद्यालयहरू, सार्वजनिक संस्थानहरू, समितिहरू, बिभिन्न बोर्ड, बिभिन्न प्राधिकरणहरू सुशीला कार्की नेतृत्वको सरकारले राष्ट्रिय प्रकृति […]
१९ वैशाख, काठमाडौं । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले पनि राजीनामा दिएका छन् । अध्यादेश जारी हुनुअघि उनले शुक्रबार नै राजीनामा दिएका हुन् ।
‘अध्यादेश जारी हुनुअघि हिजै राजीनामा दिएको हुँ,’ उनले भने । …