म्याग्दीमा पहिरोले पुरिएर दुईको मृत्यु, तीन बेपत्ता

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको गाजा तामेङमा पहिरोले तीन घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । गयराती घरमाथिबाट खसेको पहिरोले तीन घर पुरीएका छन् । पहिरोमा पुरिएर नविन विक र राजन विकको मृत्यु भएको वडा सदस्य भक्तिबहादुर घर्ति मगरले जानकारी दिए । उनका अनुसार, पहिरोमा घामबहादुर विक, […]

सम्बन्धित सामग्री

ब्राजिलमा पहिरोले पुरिएर कम्तीमा दुईको मृत्यु, दर्जनौं बेपत्ता

काठमाडौं । ब्राजिलको दक्षिणी राज्य परानामा सडकमाथिबाट खसेको पहिरोमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण बुधबार सडकमाथिबाट खसेको पहिरोमा परि दर्जनौं बेपत्ता भएको अधिकारीहरूले बताएका छन् । पहिरोले ब्राजिलको बीआर थ्री सेभेन सिक्स राजमार्ग प्रभावित भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सडकको २ सय मिटर खण्डमा खसेको पहिरोले ६ वटा […]

पहिरोमा पुरिएर दुईको मृत्यु, पाँच बेपत्ता

अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीय लक्ष्मी विकको मृत्यु भएको छ । घरको भित्ताले पुरिएर घाइते विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । यसैगरी व्यास नगरपालिका–७ कलेस्तीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

म्याग्दीमा पहिरोले पुरिएर दुईको मृत्यु, ६ बेपत्ता

लगातार परेको अविरल वर्षासँगै म्याग्दीका विभिन्न ठाउँमा पहिरो जाँदा दुईजनाको ज्यान गएको छ भने ६ जना बेपत्ता भएका