नेकपा सचिवालयमा पाँच नेताबीच छलफल , काँग्रेससँग गठबन्धन कायम राख्ने

काठमाडौँ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयमा रहेका पाँच नेताहरुबीच पार्टी एकताबारे छलफल भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच माओवादी संसदीय दलको कार्यालय, सिंहदरबारमा छलफल भएको हो । नेताहरुबीच […]

सम्बन्धित सामग्री

पाँच नेताको बैठक : आपसमा मिल्ने, कांग्रेससँग गठबन्धन कायम राख्ने

३ साउन, काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयमा रहेका पाँच नेताहरुबीच पार्टी एकताबारे छलफल भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच माओवादी संसदीय दलको कार्यालय, सिंहदरबारमा छलफल भएको हो […]

एमसीसी व्याख्यात्मक टिप्पणीसहित पारित गर्न माओवादी तयार

संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका खातिर गठन भएको गठबन्धनलाई जोगाएर राष्ट्रिय समस्याको समाधान गर्ने लक्ष्यका साथ नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्न तयार भएको छ । माओवादीका उपलब्ध पूर्वस्थायी समितिका सदस्यको बैठकले गठबन्धन कायम राख्ने र एमसीसी सम्झौतालाई पनि एउटा निकास दिने लक्ष्यका साथ बिहीबारदेखि नियमित छलफल गर्दै आएका थिए …

बालुवाटारमा गठबन्धनको बैठक सुरु

काठमाडौं, ५ फागुन । सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । गठबन्धनको जारी बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुनेछ । साथै गठबन्धन कायम राख्ने वा विघटन गरेर दलहरू आ–आफ्नो बाटोमा लाग्ने निर्णय पनि गर्ने तयारी छ । […]

तीन तहको निर्वाचनसम्म गठबन्धन कायम रहने माधव नेपालको दाबी

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन तीनै तहको निर्वाचनसम्म कायम राख्ने विषयमा प्रधानमन्त्री तथा काँग्रेस सभापतिसँग सकारात्मक छलफल भएको बताएका छन् । आइतबार विभिन्न पार्टीका नेता कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन तीनै तहको निर्वाचनसम्म मिलेर जाने विषयमा आज मात्रै प्रधानमन्त्रीसँग आफूले कुरा गरेको बताएका हुन् । ‘पाँच दलीय गठबन्धन मिलेरै जाने आज पनि कुरा भएको छ । यो गठबन्धनलाई बलियो बनाउँदै तीनै तहको चुनावमा हामी ज

सत्तारूढ गठबन्धन फुट्ने संकेत

सत्तारूढ पाँच दलीय गठबन्धन फुट्ने संकेत देखिएको छ । आगामी दिनमा हुने तीनै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन कायम राख्ने सहमति भए पनि अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयलाई लिएर पाँच दलीय गठबन्धन फुट्ने देखिएको हो । एमसीसी सम्झौतालाई लिएर गठबन्धनमा रहेका पाँचवटै दल अप्ठयारो अवस्थामा छन् । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको शीर्ष नेताबीच पटकपटक छलफल भए पनि कुनै सहमति हुन सकेको छैन । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसदबाट पारित गर्नुपर्ने पक्षमा उ...