कोइराला पक्षको भेला जारी

काठमाडौं– सीट बाँडफाँडमा असन्तुष्ट रहेको नेपाली कांग्रेस भित्रका शेखर कोइराला समूहको भेला जारी छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले कोइराला समूहसँग गरिरहेको विभेदका बारेमा छलफल हुने नेताहरूले बताएका छन् ।  आगामी ४ मंसिरका लागि हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेस संस्थापन पक्षले एकलौटी गरेको भन्दै त्यसको विरोधमा […]

सम्बन्धित सामग्री

कोइराला पक्षको छुट्टै भेला ठमेलकाे एक होटलमा जारी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाकाे समूहले सोमबार पनि भेला गरिरहेको छ । सोमबार काठमाडौंकाे ठमेलस्थित होटल यात्रीमा आयोजित भेलामा कोइराला समूहका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको छ । तर साेही समूहका पदाधिकारी र पूर्व पदाधिकारीहरू भने भेलामा सहभागी भएका छैनन् । समानुपातिक सूचीमा संस्थापन पक्षले एकलौटी निर्णय गरेपछि विद्रोहमा उत्रिएको कोइराला […]

शेखर कोइराला पक्षधरको भेला गर्न बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले भेला गर्ने तयारी गरेको छ । शनिबार गर्ने भेलाका लागि शेखर पक्षको बैठक बसिरहेको छ । विशेषगरी आसन्न निर्वाचनमा आफू पक्षधरका नेतालाई उम्मेदवार बनाउन नेतृत्वलाई दबाब दिने उद्देश्यले गर्न लागेको भेलाको तयारी स्वरुप अहिले कोइराला पक्षधरको बैठक बसेको हो । जारी बैठकमा कोइराला पक्षधरका केन्द्रीय सदस्य, जिल्ला सभापति, […] The post शेखर कोइराला पक्षधरको भेला गर्न बैठक जारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राप्रपा कमल थापा पक्षको समीक्षा भेला ‘याक एन्ड यति’मा

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कमल थापा पक्षको समीक्षा भेला होटल याक एन्ड यतिमा शुरु भएको छ । दरबारमार्गस्थित याक एन्ड यति होटलमा जारी भेलामा महाधिवेशनको चुनावी परिणामको समीक्षा हुने बताइएको छ । राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापासहितको टीम समीक्षात्मक छलफलमा जुटेको हो । ‘महाधिवेशनको समीक्षा गर्न याक एन्ड यतिमा सबै नेताहरु भेला हुनु […]

माधव नेपाल पक्षको भेला– घनश्यामबाहेक कार्यदलका अन्य सदस्य गएनन्

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको भेला मंगलवार नयाँ बानेश्वरमा शुरू भएको छ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा जारी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसद सहभागी छन् । पार्टीमा सहमति गर्न गठित कार्यदलका सदस्यमध्ये उपमहासचिव घनश्याम भुसालबाहेक कोही पनि बैठकमा उपस्थित छैनन् । यसअघि नेपाल पक्षका सांसदको भेला सिंहदरबारमा पनि भएको थियो । नेपालको पक्षका विगतमा खुलेर लागेका सांसद झपट रावलले तत्कालै पार्टी विभाजनमा जान नहुने धारणा ...

वामदेवपत्नी तुलसा थापा पनि माधव नेपालपक्षीय सांसदको भेला स्थलमा

एमाले विभाजनको संघारमा पुग्दा उपाध्यक्ष वामदेव गौतमकी पत्नी तुलसा थापा पनि माधव नेपाल पक्षको भेला स्थलमा पुगेकी छन् । अर्याल होटलमा जारी माधव नेपालपक्षीय सांसदहरूको भेलामा तुलसा पनि पुगेकी हुन् । उनले नेता नेपाललाई भेट्नका लागि आएको बताइन् । पार्टी विवादमा अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपाल दुवै पक्षमा नलागी एकता अभियान चलाएका वामदेवकी पत्नी नेपाल पक्षको भेला स्थलमा पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । अर्याल होटलमा प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिएका २२ सांसद उपस्थित छन् । सरक...

महन्थ ठाकुर पक्षको देशदौडाह जारी, आज पनि दुई जिल्लामा भेला हुँदै

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुर पक्षले आज नवलपरासी र बर्दियामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला गर्दै छ। निर्वाचन आयोगले जसपाको वैधानिकता उपेन्द्र यादव पक्षलाई दिएसँगै महन्थ ठाकुर पक्षको देश दौडाह जारी छ। ठाकुर पक्षले अहिलेसम्म धनुषा,सप्तरी, सिराहा,सर्लाही, कैलालीलगायत ८ जिल्लामा कार्यकर्ता भेला गरिसकेको छ। ठाकुरपक्ष साउन २२ गतेदेखि भदौ ९ गतेसम्मको अगुवा कार्यकर्ता भेलाको तालिका सार्वजनिक गरी देश दौडाहमा छ।

प्रदेश २ का चार जिल्लामा ठाकुर पक्षको अगुवा कार्यकर्ता भेला

जनता समाजवादी पार्टीको आधिकारिकता नपाएपछि महन्थ ठाकुर पक्षले प्रदेश २ का चार जिल्लामा अगुवा कार्यकर्ता भेला गरेका छन् ।  जनता समाजवादी पार्टीकै ब्यानर तथा अध्यक्षकै हैसियतमा ठाकुरले महोत्तरीको सदरमुकाम जलेश्वरमा अगुवा कार्यकर्ता भेला गरेका छन् ।  महोत्तरीको प्रदेश सभा सदस्य तथा ठाकुर निकट नेता अभिराम शर्माका अनुसार अहिले पनि जारी रहेको उक्त भेलामा जसपाका नेता तथा प्रतिनिधि सभा सदस्य शरतसिंह भण्डारी, निर्जला राउत, प्रदेश सभा सदस्य जानकी शरण साह, जिल्ला समन्वय समिति महोत्तरीका सभापति सुरेशकुमार सिंह, विभिन्न स्...

यस्तो देखियो एमाले (खनाल-नेपाल पक्ष)को राष्ट्रिय कार्यकर्ता भेला [फोटोफिचर]

नेकपा एमाले (खनाल–नेपाल पक्ष) को राष्ट्रिय कार्यकर्ता भेला राजधानीमा चलिरहेको छ । ललितपुरको एक होटलमा जारी भेलाको अध्यक्षता वरिष्ठ नेता झलनाथ खनालले गरेका छन् ।  खनाल–नेपाल पक्षको कार्यकर्ता भेलामा पुराना वामपन्थी नेताहरू सिद्धिलाल सिंह, मोहनचन्द्र अधिकारी, कमल कोइराला लगायत पनि सहभागी भएका छन् । भेलामा देशभरबाट २ हजार कार्यकर्ता सहभागी रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।  भेलाअघि नेपाल पक्षको स्थायी कमिटीको बैठक बसेको थियो । स्थायी कमिटी सदस्य सुरेन्द्र ...

नेपाल पक्षको गुटगत भेला जारी, ओली अझै सशंकित

एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल तथा झलनाथ  खनाल समूह पछिल्ला दिनमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहसँग केही ‘सफ्ट’ देखिएपनि आफ्नो गुटगत भेलालाई भने जारी नै राखेको छ । सोहीअनुसार बुधबार राजधानीमा बसेको नेपाल पक्षीय भेलाले विकसित घटनाक्रमको समीक्षा गर्दै पार्टीलाई एकताबद्ध बनाउने मुख्य भूमिका ओलीकै हुने भन्दै त्यसको पहलकदमी उनैले लिनुपर्ने आवश्यकता औंल्याएको खबर राजधानी दैनिकमा छापिएको छ । तर नेपाल पक्षले गुटगत भेला जारी गरेको भन्दै ओली पक्ष रुष्ट छ । राजधानी दैनिक लेख्...

प्रज्ञा भवन कमलादीमा प्रचण्ड-नेपाल पक्षको काठमाडौं जिल्लास्तरीय भेला

नेकपा प्रचण्ड-माधव नेपाल समूहको अगुवा कार्यकर्ता भेला प्रज्ञा भवन कमलादीमा जारी छ । पार्टीको काठमाडौं जिल्ला कमिटीको आयोजनामा जारी भेलालाई नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपाल लगायतले सम्बोधन गर्ने छन् । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनको विरोधमा प्रचण्ड-नेपाल समूह आन्दोलित छ । उक्त समूहले मंगलवार कास्कीको पोखरामा गण्डकी प्रदेश स्तरीय भेला गरेको थियो ।