‘एक पत्रकार, एक अनलाइन !’  नेपालमा कति छन् अनलाइन सञ्चार माध्यम ?

एक पत्रकार, एक अनलाइन । पछिल्लो दशकमा भएको सञ्चार प्रविधिको विकासले अहिले सञ्चार माध्यमको संख्या यसैगरी थपिएको अवस्था छ । कुन कति विश्वासनीय हुन् ? कति तथ्यपरक सामग्री पस्कन्छन् ? पाठकलाई छुट्याउनै हम्मे पर्छ । सञ्चारमाध्यमको अभिलेखीकरण, अनुगमन र नियमन गर्दै आएको प्रेस काउन्सिलको पछिल्लो प्रतिवेदनले त्यही अवस्था रहेको औंल्याएको छ ।

सम्बन्धित सामग्री

अनलाइन सञ्चालक एक महिनामै भाग्नुपर्ने अवस्था रोकौं : अध्यक्ष बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पर्याप्त स्रोत, साधन र जनशक्तिविना अनलाइन सञ्चार माध्यम दर्ता हुने विद्यमान कानूनी व्यवस्था पुनरावलोकन हुनुपर्ने बताएका छन् । उनले अनलाइन दर्ता क्रम व्यापक बढेको, गुणात्मक पक्ष भने फितलो रहेको भन्दै यसले पेसागत चुनौती थपेको समेत औँल्याए । नयाँ अनलाइन सञ्चारमाध्यमका सम्पादक, प्रकाशकहरूका लागि बिहीबार काउन्सिलमा भएको आचारसंहिता […]

एक महिनामै अनलाइन सञ्चालक भाग्नुपर्ने अवस्था रोक्नुपर्छ : अध्यक्ष बस्नेत

काठमाडौँ – प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पर्याप्त स्रोत, साधन र जनशक्ति बिना अनलाइन सञ्चार माध्यम दर्ता हुने विद्यमान कानुनी व्यवस्था पुनरावलोकन हुनुपर्ने बताएका छन् । उनले अनलाईन दर्ता क्रम व्यापक बढेको, गुणात्मक पक्ष भने फितलो रहेको भन्दै यसले पेसागत चुनौती थपेको समेत औँल्याए। नयाँ अनलाइन सञ्चार माध्यमका सम्पादक, प्रकाशकहरूका लागि बिहिबार काउन्सिलमा भएको […]

छापा पत्रकारिता कोभिडपछि पुरानाे अवस्थामा फर्किन सकेन

काठमाडौँ- कोभिड–१९ को सङ्क्रमणपछि पत्रकारितामा छापामाध्यम पुरानो अवस्थामा फर्कन सकेको छैन । कोरोना भाइरसले छापा पत्रकारितालाई अस्तव्यस्त बनाएको नेपाली छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठीले बताए । कोरोना महामारीका बेला पत्रिकाको छपाइ र वितरणमा असर गर्यो । अनलाइन सञ्चार माध्यम विस्तार हुनु कोरोनाकै ‘बाइ प्रोडक्ट’ भएको उनको तर्क छ । कोरोनाले छापा पत्रकारितामा पारेको असरका विषयमा […]

पुस मसान्तभित्र अनलाइन सञ्चार माध्यम अद्यावधिक गरिसक्नुपर्ने

प्रेस काउन्सिल नेपालले सूचीकरण भएका अनलाइन सञ्चार माध्यमलाई सूचीकरण अद्यावधिक गराउन म्याद तोकेको छ ।

अफगानिस्तानमा ३ सय भन्दा धेरै मिडिया बन्द,  २७ सय पत्रकारले जागिर गुमाए

अफगानिस्तानमा तालिबानले सत्ता हातमा लिए यता  तीन सय १८ वटा सञ्चारमाध्यम बन्द भएका छन् । पत्रकारहरुको अन्तर्राष्ट्रिय महासंघ आईएफजेले सार्वजनिक गरेको रिपोर्ट अनुसार अफगानिस्तानका ३४ वटा प्रान्तमध्ये ३३ वटा प्रान्तमा तीन सय १८ वटा सञ्चारमाध्यम बन्द भएका छन् । ५१ वटा टिभि स्टेशन, एक सय ३२ वटा रेडियो र ४९ वटा अनलाइन सञ्चार माध्यम बन्द भएका हुन् । तालिबानले सत्ता सम्हालेपछि सबैभन्दा ठूलो असर पत्रिकामा परेको छ । अफगानिस्तानमा एक सय ४४ वटामध्ये हाल २० वटा मात्रै पत्रिका प्रकाशनमा रहेको आईएफजेको रिपोर्टलाई उद्धृत गर्दै भारतीय ...

काली नदी संरक्षणका लागि पोस्टर कविता आन्दोलन

काठमाडौं : काली गण्डकी बचाऔँ अभियानले कविता शृङ्खला ‘नदी सप्तक’ सुरुआत गरेको छ। अभियानले काली गण्डकीमाथि रचिएका कवितालाई ‘पोस्टर कविता’का रुपमा अनलाइन सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत शृङ्खलाबद्धरुपमा सम्प्रेषण गर्न थालेको हो।अभियान कालीगण्डकी नदीमाथि भइरहको अवैध दोहनविरुद्ध सङ्घर्षरत छ। राष्ट्रकवि माधवप्रसाद घिमिरेले वि.सं. २०१५ मा लेखेको कविता ‘काली गण्डकी’बाट ‘नदी सप्तक’ कविता शृङ्खला सुरुवात गरिएको अभियानकर्मी आरके अदिप्त गिरीले बताए। मन्दक

हालसम्म तेइस सय अनलाइन सञ्चार माध्यम दर्ता

काठमाडौँ । पछिल्लो समयमा अनलाइन सञ्चार माध्यमको सङ्ख्या बढ्दै गएको पाइएको छ । सूचना तथा प्रसारण विभागका अनुसार चालु आर्थिक वर्षमा (साउन ६९, असोज ९१, मङ्सिर १६१, पुस ११७ र माघ पहिलो सातासम्म ४०) गरी ४७८ वटा नयाँ अनलाइन दर्ता भएका छन् । आव २०७५/७६ मा ५५० वटा अनलाइन नयाँ दर्ता गरिएको छ भने १७ वटा पुनः दर्ता गरिको छ । दुई सय ७२ नवीकरण गरिएको छ । त्यसैगरी आव २०७६/७७ मा ५६१ नयाँ अनलाइन दर्ता गरिएको छ । सो अवधिमा २७२ वटा नवीकरण गरिएको छ । हालसम्म दुई हजार ३२५ अनलाइन दर्ता भएका छन् । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पछिल्लो समयमा अनलाइन पत्रकारिता मूलधारको पत्रकारिताको रूपमा विकास भएका कारण पनि व्यावसायिक र विश्वसनीय बन्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो– “अहिले अनलाइन पत्रकारिता मूलधारको पत्रकारिता बनेको छ तर यसको सङ्ख्या बढ्यो, गुणस्तर भने बढ्न सकेन । सबै होइन, कतिपय अनलाइनले पत्रकार आचार संहिता विपरीत समाचार प्रकाशन गरिएको पाइएको छ, त्यसलाई आचार संहिता पालना गराउँदै नियमन गर्नुपर्छ ।” दैनिक, अर्धसाप्ताहिक, साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक, त्रैमासिक, चौमासिक, अर्धवार्षिक र वार्षिक गरी सात हजार ८०७ पत्रपत्रिका दर्ता गरिएको छ । प्रसारण विभागका अनुसार हालसम्म एक हजार १२७ एफएम रेडियो र २०२ टेलिभिजन च्यानलले इजाजत पाएका छन ।