सुपर लिगमा लफडा : इङ्लिस क्लबले लिए नाम फिर्ता

युरोपेली सुपर लिगका संस्थापक १२ क्लबमध्ये ६ वटा इंलिस क्लबले यस लिगमा सहभागी नहुने जनाएका छन् । आइतबार सुपर लिगको घोषणा भएसँगै विश्वभर फुटबल समर्थकहरुले विरोध जनाएका थिए । त्यसयता, म्यानचेस्टर सिटी र चेल्सीले सबैभन्दा पहिले यस लिगबाट नाम फिर्ता लिए । त्यसपछि म्यानचेस्टर युनाइटेड, आर्सनल, लिभरपुल र टोट्टेनह्यामले पनि त्यही बाटो पछ्याए ।सिटीले नै सबैभन्दा पहिले सुपर लिग छाड्ने घोषणा ग¥यो । आर्सनलले आफ्ना समर्थकसँग माफी मागेको छ । ‘तपाईहरु र बृहत्तर फुटबल समुदायको आवाज सुन्दाको परिणामस्वर