संवैधानिक निकायका पदाधिकारीविरुद्ध परेको रिटको बहस सकियो, न्यायाधीशहरु छलफलमा

काठमाडौँ – संवैधानिक परिषद सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेर संसदीय सुनुवाइ बिनै नियुक्त भएका पदाधिकारीविरुद्ध परेको रिटहरुको सुनुवाइ सकिएको छ। गत शुक्रबारदेखि सुरु भएको सुनुवाइ बुधबार संवैधानिक इजलासमा सकिएको हो। दुवै पक्षको प्रारम्भिक बहस सकिएपछि न्यायाधीशहरु आदेशका लागि आन्तरिक छलफल गरिरहेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले रिटको सुनुवाइका लागि वरिष्ठ […]