घरेलु मैदानमा मनाङ मर्स्याङ्दीको सानदार जित, पुलिस क्लब पराजित

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत् घरेलु मैदानमा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ । घरेलु मैदान पोखरा रंगशालामा भएको खेलमा मनाङले पुलिसलाई ३–१ गोलले हरायो । मनाङको लागि कप्तान अञ्जन विष्टले दुई र  निशान लिम्बुले एक गोल गरे ।  जितसँगै मनाङ पाँच खेलमा १३ अंकसहित शीर्ष स्थानमा पुगेको छ । नेपाल पुलिसले भने पाँच खेलमा पाँच अंक मात्रै जोडेको छ । अर्को खेलमा जावलाखेल क्लबले च्यासल युथ क्बललाई हराएको छ । लिगमा पहिलो जित निकाल्ने क्रममा जावलाख...

सम्बन्धित सामग्री

झापा गोल्डकप : सिक्किममाथि जितसहित झापा ११ सेमिफाइनलमा

झापा : पाहुना टोली सिक्किमको रेडपान्डा (आरपी) एफसीमाथि सानदार जित निकाल्दै झापा ११ पाँचौँ संस्करणको झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। झापा ११ अब सेमिफाइनलमा संकटा क्लबसँग भिड्नेछ।संकटाले नेपाल पुलिस क्लब र थ्री स्टार क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। पाँचौँ संस्करण चलिरहँदा झापा ११ अघिल्ला चारवटै संस्करणको फाइनलसम्म पुगेको थियो।बिर्तामोड-३ स्थित घरेलु मैदान डोमालाल राजवंशी रंगशालामा बिहीबार भएको अन्तिम क्वार्टर फाइनल खेलमा झापा ११ ले रेडपाण्डालाई ५–१ को फ